अर्घाखाँची डट्कमका दिपक भुसालले सन्धिखर्क – ५ बाट स्वतन्त्र उम्मेदवार दिए, देशकै नमूना वडा वनाएरै छाड्ने ठोकुवा


डिआरजी सुमन 
अर्घाखाँची २०७४ जेष्ठ २४ । वुधवार,स्वतन्त्र पत्रकारिता तथा अर्घाखाँची डट्कमका संवाददाता दिपक भुसाल “पार्टी भन्दा माथी युवा र बिकास मेरो साथी”भन्ने मुल एजेण्डा सहित सन्धिखर्क नगरपालिका वडा नम्बर ५ बाट स्वतन्त्र रुपमा वडा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेका छन । 
नेपाल सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनमा स्थानीय निकायको प्रमुख नै भई राष्ट्रीय विकासमा योगदान दिने मनासायले आफुले उमेदवारी दिने तयारी गरेको वताउदै यदि राम्रो जनमत पाएर विजय भएको यस वडालाई नेपालकै एक नमुना वडा बनाउन उद्देश्य साथ उमेदवारी दिन तयार रहेको वताएका छन ।  बुवा कान्तु प्रसाद भुसाल र माता विष्णु देवी भूसालका कान्छा छोरा दिपक भुसालको उमेर २४ वर्षका छन । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं ५ वलेवांग स्थाई वासिम्दा रहेका भुसालको यस क्षेत्रलाई निकै  प्रभावशाली क्षेत्र मानिन्छ । मध्यम वर्गीय किसान परिवारमा जन्मिएका दिपक हाल बिभिन्न सामाजिक संघ सस्थामा आवद्धरही सामाजिक कार्य गरिरहेका छन । नेपाली पत्रकारिता क्षेत्रमा निकै चाँसो राख्ने दिपक वर्तमान समयमा नेपालकै पहिलो अनलाईन अर्घाखाँची डटकम,अर्घाखाँची टाईम्स राष्ट्रीय साप्ताहिकका लागी काठमांडूवाट रिपोर्टिंग गरिरहेका छन । 
सामाजिक संघ संस्थाको क्षेत्रमा अव्वल क्षमतावान नेतृत्व राख्दै विश्वभर आफ्नो प्रतक्ष्य प्रभाव पार्न सफल अन्याय र असमानता विरुद्धको खोजी अभियान “पिएसएम नेपाल” मीडिया व्युरो सदस्य पदमा सक्रिय मूमिका निभाई रहेका छन । दिपकको राष्ट्रीय मात्र नभएर अन्तराष्ट्रीय स्तरमा पनि राम्रो प्रभाव रहेको छ । हालै दक्षिण तथा ल्याटिन अमेरिकामा बस्ने नेपालीहरुको वास्तविक अवस्थाको बारेमा अनुसन्धान गरिरहेका मानव शास्त्री संयुक्त राज्य अमेरिकाका मानवका शास्त्री Anthropologist तथा UNT University का Assistant Professor डा॰आन्द्रु नेलशनसँग विशेष भेटघाट गरि रिसर्च कार्यमा संलग्न समेत भएका छन ।
तपाइको उम्मेद्वारी किन भनेर गरेको पत्रकारको जिज्ञासामा मेरो उम्मेद्वारी देशमा बढ्दो राजनैतिक खिजातानिका बिरुद्ध स्वतन्त्र रुपमा पनि आफना बिचार जनता माझ लिएर जानु पर्दछ भन्ने मान्यताका साथ सम्बृद्ध वडा निर्माणका लागी मैले अगाडि सारेका नीति तथा कार्यक्रम लागू गर्नका लागी । विकासका प्रशस्त संभावनाहरुलाई उजागर गर्दै जिल्ला भरकै नमुना वडा बनाउने मेरो उद्देश्य हो । बेरोजगार युवालाई रोजगारी प्रदान, बृद्धवृद्धाको सम्मान, अपाङ्ग, दलित, जनजाति, पछाडी पारिएका वर्गको उत्थान गरि समतामूलक समाज निर्माण गर्नका लागि आफ्नो उम्मेद्वार रहेको वताएका छन ।
सन्धिखर्क नगरपालिका भित्र रहेको ५ नम्वर वडा बहु भाषा बहुजाति बसोबास गर्ने वडा रहेको छ । यस वडालाई नमुना बनाउने बिभिन्न एजेण्डा बोकेर स्वतन्त्र रुपमा म जनता माझ गएको छु । ५ नम्वर वडाको बिकास र समृद्धिको आधार ,पर्यटन ,कृषि ,जंगल र जलाधार भन्ने मुल नारालाई अगाडि बढाएको छु । जिल्लाको मात्र नभएर देशकै नमूना वडाको रुपमा विकास गर्ने मेरो योजना छ । अहिलेको मुख्य समस्या भनेको बेरोजगारी समस्या नै हो । युवाहरु प्रत्येक दिन रोजगारीको खोजी गर्दै खाडिका मरुभुमिमा जान बाध्य भएको छ । यस वडामा रहेका खेतियोग्य खेतका फाटहरुमा कृषि उत्पादनलाई बढवा दिने युवाहरुलाई कृषि कार्यको लागी अनुदान तथा सहयूलियत दरमा ऋण उपलब्ध गराई रोजगारिका अबसरहरु सिर्जन गर्ने र १ घर १ उत्पादन नितिलाई आत्मसाथ गर्ने योजना अगाडि बढएको छु । कृषि, पशुपालन व्यवसायलाई समुह वा सहकारी मार्फत विस्तार गर्ने योजना सहितको चुनावी एजेण्डा रहेका वताएका छन ।
सहकारीको माध्यमबाट रोजगारको समेत ग्यारेण्टी गर्ने , सहकारीले उत्पादन गरेका वस्तु बजारीकरणको जिम्मा हामी आफै लिनेछौं । घरेलु तथा साना उद्योगको विस्तार गर्ने , खेतियोग्य जमिनमा सिचाईको व्यबस्था गरिने छ । वृद्धवृद्धाको सम्मान, अपाङ्ग , दलित, जनजाति पछाडी पारिएका वर्गको उत्थानका लागि विशेष खालका कार्यक्रम सञ्चालन गर्ने छौं । महिलाहरुका लागि विभिन्न सिप मूलक तालिम सञ्चालन गर्नेछौं । बालमैत्री गाउँपालिका बनाइ बालबालिकाका लागि विभिन्न ठाउँमा पार्क निर्माण गर्नेछौं । खेलकुदको विकासका लागि वडामा खेलमैदान निर्माण गर्ने । ऐतिहासिक लामपाटि क्षेत्र कृष्ण मन्दिर ,मथुरा क्षेत्र , बिस खुट्टे दरबारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि गुरुयोजना तयार पार्ने योजना समेत रहेको उनको भनाई छ ।
बलेवाङ्ग क्षेत्रमा पर्यटकका लागि होमस्टे तथा सुविधा सम्पन्न होटल रेस्टुरेण्ट सञ्चालन गर्ने छु । केही क्षेत्रमा खानेपानीको चरम समस्या छ । लिफ्टिङ्ग प्रविधि वा अन्य प्रविधि अपनाएर खानेपानीको आपूर्ति सहज बनाइने छ । विद्युत क्षेत्रका समस्याहरु समाधान गर्नेछौं । सडकहरुलाई स्तरोन्नती गर्दै कालोंपत्रे बनाउदै लैजाने छौं । स्तरीय शिक्षा र स्वास्थ्य सुविधा प्रदान गर्नेछौं ।