अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिले मात्र सन्धिखर्कको मेयर उम्मेदवारमा महिला अगाडी सारे


घनश्याम पौडेल हिन्दू 
सन्धिखर्क, अर्घाखाँची । आउदो असार १४ गते हुने स्थानिय तहको चुनावमा राजनितिक दलहरुले उम्मेदवार टुंगो लगाई यतिबेला उम्मेदवारहरु टुंगो लगाई प्रचारप्रसारलाई तिव्रता दिएका छन ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा कांग्रेस, एमाले, माओवादी तथा राप्रपाले प्रमुख पदमा पुरुष उम्मेदवार बनाएका छन । तर नयाँ शक्ति नेपाल र राष्ट्रिय जनमोर्चाले मेयरमा महिलालाई अगाडी सारेका छन ।
नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य यमुना भुसाललाई मेयरमा उम्मेदवार तय गरेको छ । उनीसँगै टोपबहादुर बलाल उपमेयरको उम्मेदवार बनेका छन ।
त्यस्तै राष्ट्रिय जनमोर्चाले पनी सन्धिखर्कको मेयरमा महिलालाई अगाडी सारेको छ । कल्पना पोखरेल मेयरको उम्मेदवार हुन । उनीसँगै उपमेयरमा पशुपती ढकाल उम्मेदवार बनेका छन । पोख्रेल अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष हुन ।
जिल्लाभरमा नै सदरमुकाम सन्धिखर्कमा नयाँशक्ती र जनमोर्चाले बाहेक सबै राजनितिक दलहरुले उपप्रमुखमा महिलालाई अगाडी सारेका छन । केहि उपप्रमुखमा भएको सरकारी जागिर छोडेर उम्मेदवार बनाएका छन । भुमिकाथानको उपमेयरमा एमालेबाट सुनिता बेल्वासे र पाणिनी गाउँपालिकाको उपप्रमुखमा कांग्रेसले अम्बिका पोखरेल र एमालेले लक्ष्मी गौतमलाई उम्मेदवार बनाएका छन । उनीहरु तिनैजना स्थायी शिक्षक थिए, उनीहरु राजिनामा दिएर चुनावमा उम्मेदवार बनेका छन ।
पाणिनीमा माओवादीबाट उपाध्यक्षमा विमला घिमिरे, सितंगगामा कांग्रेसबाट मिना पौडेल, एमालेबाट गिताभाट क्षेत्री, माओवादीबाट सिता अधिकारी, जनमोर्चाबाट बासमता भट्टराई, नयाँ शक्तीबाट पेमी गुरुङ उम्मेदवार भएका छन, सितगंगामा सवै दलबाट उपमेयरमा महिला उम्मेदवार बनेका छन । भुमिकाथानमा कांग्रेसबाट उपमेयरमा सर्जना थापा, माओवादीबाट छमकुमारी खनाल उम्मेदवार बनेका छन । खनाल माओवादी केन्द्रको जिल्ला सहसंयोजक पनी हुन । जनमोर्चाबाट शकुन्तला राना उम्मेदवारी हुन, भने नयाँ शक्तीले उम्मेदवारी टुंगो लगाएको छैन ।
सन्धिखर्क नगरपालीकामा एमालेबाट उपमेयरमा ईश्वरा पोख्रेल उम्मेदवार हुन भने कांग्रेसले अझै टुंगो लगाएको छैन ।