मालारानी गाँउपालीकाको गोखुङ्गामा स्थायी शिक्षकको जागीर छोडी चुनाबमा उमेद्वार

श्याम घिमिरे
गोखुङ्गा । करीब दुई दशक पछी हुन लागीरहेको स्थानीय तहको निर्वाचनमा चुनाव लड्नको लागी अर्घाखाँची जिल्लामा सरकारी जागिर छोड्ने हरुको यतिबेला लहरनै चलेको छ । 
चुनाबी मैदानमा भिढ्ने ईच्छाले  सरकारी जागीर छाड्ने हरुमध्ये जिल्लामा शिक्षकहरुको संख्या धेरै छ । जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीका  जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत क्षेत्रीका अनुसार अहिलेसम्म ६ जनाले राजिनामा दिईसकेका छन । 
जिल्लामा बिभिन्न नगरपालिका र गाँउपालीकामा शिक्षक तथा निजामती कर्मचारी बाट राजिनामा दिएर चुनावी मैदानमा भिड्दै गर्दा जिल्लाको मालारानी गाँउपालीका वडानम्बर ९ गोखुङ्गाबाट  पनि शिक्षक फनबहादुर पुनले राजिनामा दिई नेकपा माओबादी केन्द्रको तर्फबाट वडाअध्यक्ष पदको उमेदवारी घोषणा गरी चुनावी मैदानमा होमिएका छन । शिक्षक पुनले  सुर्य मावि गोखुङ्गामा प्राबि तहमा अध्यापन गराउदै आएका थिए । 
पत्रकारको जिज्ञासामा केन्द्रका उम्मेदवार ४८ बर्षीय पुनले भने २५ बर्ष ९ महिना सम्म  स्थायी जागिर खाएर विद्यार्थीहरुलाई शिक्षा दिक्षा दिई सफल भबिस्य निर्माणमा सहयोग गरे , अब फेरी गाँउमै बसी सामाजीक काम मार्फत जनताहरु संग हातेमालो गरी समाज सेवा गर्ने मुख्य उद्देश्यले चुनावी मैदानमा होमिएको छु जनताहरुको मन जितेर काम गर्ने छु उनले भने । 
उमेदवार पुन निकै नम्र,सहयोगी ,धेरै नबोल्ने र सामाजीक ब्यक्तित्वको रुपमा गाँउमा स्थापीत रहदै आईरहेका छन । उनि  प्राबि तृतिय श्रेणीबाट  बढुवा भई प्राबि दृतिय श्रेणीमा कार्यरत थिए ।