अर्घाखाँचीमा १२ जनाले स्थायी शिक्षक, निजामती सेवा र बैंकको जागीर छोडी चुनाबमा उम्मेदवार

चुनावी प्रचार प्रसारमा ।
सहयोगी बिसी 
सन्धिखर्क, अर्घाखाँची । २० बर्ष पछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा उम्मेदवार बन्न अर्घाखाँची जिल्लाका ९ जना शिक्षक् २ जना स्वास्थ्यकर्मी र एकजना बैंक बाट अबकास लिई चुनावी मैदानमा उत्रिएको बुझिएको छ ।
जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं ८ मा रहेको श्री जनता कृष्ण उच्च मा. बि. का प्राचार्य इश्वरी प्रसाद भुसालले सोही ८ नं वडा अध्यक्षमा एमालेको तर्फबाट उम्मेदवार बन्न राजिनामा गरि प्रचार प्रसारमा लाग्नु भएको छ ।त्यसो त श्री गंगा नि. मा. बि . चुत्राबेशीका शिक्षक सुनिता भुसाल बेल्बासेले भुमेकास्थानको उपमेयर श्री जनजागृत उच्च मा. बि. धन्चौरका शिक्षक मान बहादुर रायमाझीले भुमेकास्थान नगरपालिका वडा नं १० बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्दै हुनुहुन्छ ।,नेपाल रास्टिय मा. बि. पणेना कि शिक्षक अम्बिका पोख्रेल र श्री फर्सवाटाकुरा उच्च मा. बि. कि शिक्षक लक्ष्मी गौतमले पाणिनी गाउँपालिकाको उप प्रमुखमा उम्मेदबारि दिने तैयारीमा आ- आफ्नो प्रचारमा ब्यस्त हुनुहुन्छ ।ती मध्ये बेल्बासे एमाले ,पोख्रेल नेपाली कांग्रेस र गौतम एमाले बाट उम्मेदवार हुनुहुन्छ ।
उता भौगोलिक रुपमा जिल्लाको सबैभन्दा ठूलो शितगंगा नगरपालिका वडा नं१ सुबर्णखालमा रहेको मन्द्रे मा . बि . मन्द्रेका शिक्षक बुद्धिकृष्ण पौडेलले सोही वडा नं १ बाट अध्यक्षमा एमालेको तर्फबाट उम्मेदवार बन्दै हुनुहुन्छ ।
जिल्लाको मालारानी गाउँपालिकाको वडा नं ३ स्थित जिबनज्योती प्रा. बि. खनारका शिक्षक शोभाखर खनाल ,वडा नं ३ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्दै हुनुहुन्छ भने श्री जनजागृती उच्च मा. बि. धन्चौरमा कार्यरत अस्थायी शिक्षक बिष्णु प्रसाद पोखरेल ,मालारानी गाउँपालिका ४ को वडा अध्यक्षमा एमालेको तर्फबाट र श्री सुन्दर नि. मा. बि . बाँगी गुँरासेका शिक्षक शोभाखर भुसाल नेकपा माओबादी केन्द्रको तर्फबाट मालारानी ५ को वडा अध्यक्षमा उम्मेदवार बन्ने निश्चित भैइ चुनाबी प्रचार प्रसारमा जुटनु भएको छ ।
त्यसैगरी बाँगी स्वास्थ्य चौकिमा सि. अहेव अधिकृत छैटौं तहमा कार्यरत तिलक मिश्र पनि मालारानी गाउँपालिका वडा नं ५ बाट एमालेको तर्फबाट उम्मेदवार छनौट भैइ प्रचार प्रसारमा जुटनु भएको छ ।
उता मालारानी गाउँपालिकाको वडा नं ९ को वडा अध्यक्षमा श्री सुर्य उच्च मा . बि . गोखुँगामा कार्यरत स्थायी शिक्षक फन बहादुर पुनले सेवाबाट अबकास लिई नेकपा माओबादी केन्द्रबाट अध्यक्षमा उम्मेदवार बन्ने निश्चित भैइ आफ्नो प्रचार प्रसारमा लाग्नु भएको छ।छत्रदेब गाउँपालिका वडा नं ७ बाट नेपाली कांग्रेस बाट वडा अध्यक्ष का उम्मेदवार कमल पौडेल ले सन्धिखर्क स्थित एक बैंकको मेनेजर बाट राजिनामा दिई चुनावी मैदानमा उत्रनु भएको छ । त्यसैगरी छत्रदेब गाउँ पालिका वडा नं ५ बाट सि अहेव अधिकृत छैटौं तहबाट अबकास लिइ बालकृष्ण श्रेष्ठ ज्यु ले वडा नं ५ को अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार दिने तैयारीमा हुनुहुन्छ ।
निर्वाचन हुने मिति सरि राख्ने र कतै तालमेल हुन्छ कि भनी उम्मेदवार तय भै सकेर पनि राजिनामा नदिदै प्रचार प्रसारमा लागेका कतिपयलेआफुले बिदा लिइ प्रचारमा हिँडेपनि हाल अधिकांशले राजिनामा दिइसकेको र बुझिएको छ ।