नवीन केसी
धारापानी, अर्घाखाँची । नयाँ शक्ति पार्टी अर्घाखाँचीले भुमीकास्थान नगरपालिकाको धारापानीमा चुनावी कोण सभा समपन्न गरेको छ ।
सभामा बोल्दै नयाँशक्ति पार्टिका भुमिकास्थान नगरपालिकाका मेयर पदका उम्मेद्वार प्रेम बन्जाडेले पटक पटक अरुलाई भोट राखेर जिताएका जनताले अहिले सम्म परिर्बतन महशुस गर्न नसकेको भन्दै यस पटक आफुलाई मत दिन आग्रह गर्नु भएको थियो । कुरा अरु गर्दछन हामी काम गर्दछौ भन्दै बन्जाडेले देशलाई आर्थीक सम्बृद्धि बनाउने पार्टि नयाँशक्ति पार्टि भएको दाबि समेत गरे ।
कोण सभामा नयाँशक्ति पार्टीका नेताहरु राजु नेपाली ,यमुना भुसाल ,टोपबहादुर बलाल लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रम नयाँशक्ति पार्टिका जिल्ला संयोजक गोकर्ण थापको सञ्चालनमा समपन्न भएको पत्रकार नबिन के.सीले बताएका छन ।