विक्रम पाण्डे समान्ता
सन्धिखर्क, अर्घाखाँची जेष्ठ २६ । नयाँ शक्ति पार्टी नेपालले जिल्लाको सन्धिखर्क नगरपालिकामा चुनावी भेटघाटलाई तिव्र पारेको छ ।
सन्धिखर्क नगरापालिकाको वार्ड नं. ५ को बलेवाङ्ग, वार्ड नं. ४वाङ्गला, लगायतका स्थानहरुमा आज मतदाता भेटघाट तथा कोणसभा सम्पन्न गरिएको नयाँ शक्तिका जिल्ला संयोजक गोकर्ण थापाले जानकारी दिएका छन् ।
कार्यक्रममा नयाँ शक्तिका तर्फबाट सन्धिखर्क नगरपालिकाकी मेयर पदका उम्मेदवार यमुना भुसाल, उपमेयर पदका उम्मेदवार टोप बहादुर बलाल, गोकर्ण थापा भुमेकास्थानको लागि नयाँ शक्तिका तर्फबाट मेयर पदका उम्मेदवार प्रेम बन्जाडेले लगायतका नेताहरु सहभागी भएको पार्टीले जनाएको छ ।
कोणसभामा मन्तव्य राख्दै नेताहरुले समृद्ध नगरपालिका बनाउनका लागि हातले समातेको मसालमा मतदान गर्न आग्रह गरेका थिए ।
आज भएको मतदाता भेटघाटको क्रममा पुराना राजनीतिक दलहरुबाट विश्वास गुम्दै गएको र नयाँ शक्तिप्रति मतदाता आशावादी रहेको पाइएको मेयर पदकी उम्मेदवार यमुना भुसालले जानकारी दिइन ।