सन्धिखर्क नगरपालिकाद्वारा भवनसंहिता मिचेर घर निर्माण

प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकामस्थित सन्धिखर्क नगरपालिकाले भवनसंहिता मिचेर घर निर्माण गरेको छ । सन्धिखर्क नगरपालीकाले डेड आना मुनी जग्गामा घर बनाउन रोक लगाए पनि सन्धिखर्क बजारमा भने भवनसंहिता पालन विपरित त्यो भन्दा कम जग्गाको क्षेत्रफलमा घर निमार्ण कार्य गरेको हो । 
सर्वसाधारणलाई रोक लाउने नगरपालिकाले आफै एक डेढ आनामा भबन निर्माण गर्दै । 
नगरपालिकाले सन्धिखर्कको शान्ती बगैचा अगाडि निर्माण गर्दै गरेको घर ढेड आना मुनी रहेको छ । तर केहीका भवनसंहिता पालन गरेर बनाएका घर निर्माण माथि भने नगरपालिकाले रोक लगाएको छ ।
उता १५ महिना देखि नक्सा पासको लागि नगरपालिका धाएपनि कयौले सर्वसाधारणले पाएका छैनन् । बोल्ने बाठोले मात्र नक्सा पास पाएको ति सर्वसाधारणको गुनासो छ ।
यसका साथै नगरपालिकाले सन्धिखर्क बैगचाका साना ५,६ हातका सटरहरुमा ३५, ३८ हजार सम्म भाडा लिदै आएको छ ।  सन्धिखर्क नगरपालिकाबाट पाउने सुविधाहरु कुनै पनि नपाएको जनताको गुनासो समेत रहेको छ ।
सर्वसाधारणलाई रोक लाउने नगरपालिकाले आफै एक डेढ आनामा भबन निर्माण गर्दै । 
भवनसंहिता मिचेर धमाधम घर निर्माण
अर्घाखाँची जिल्लाको सदरमुकाम स्थित सन्धिखर्क नगरपालिका क्षेत्रभित्र भवनसंहिता मिचेर धमाधम घर निर्माण भइरहेका छन् ।  नगरपालिका घोषणा भएको वर्षौ भएता पनि निर्माण भएका घर तथा भवनले समेत भवनसंहिता पालन नगरेको देखिन्छ । नयाँ घर बनाइरहेका र बनाउने तयारीमा रहेका सबैलाई मापदण्डअनुसार बनाउन अटेरी गरेको देखिन्छ ।
उता सन्धिखर्क नगरपालिका क्षेत्रभित्र स्थानीयवासीले भवनसंहिता पालन नगरी धमाधम आफूखुशी घर निर्माण गरेका छन्  । भवनसंहिता उल्लङ्घन गरेर निर्माण गरिएका घर तथा भवनको नगरपालिकाले नक्सा पास गर्ने नगर्ने केही बताएको छैन् ।
नगरपालिका क्षेत्रभित्र एउटा घर बनाउनको लागि जग्गाको क्षेत्रफल कम्तीमा पनि ९० वर्ग मिटर हुनुपर्ने हो । जसमा एउटा घर निर्माणका लागि छ मिटर चौडाइ भएको जग्गा हुनुपर्ने हो तर यहाँ चार मिटरभन्दा कम चौडाइमा घर निर्माण भइरहेका छन् ।
अधिकांश नगरवासीलाई भवनसंहिताबारे जानकारी नै छैन । कतिपयले त मापदण्ड थाहा पाएर पनि अटेरी गरेकाले बजारभित्रका अधिकांश घर भूकम्पीय दृष्टिकोणले जोखिमयुक्त रहेका छन् ।
सर्वसाधारणलाई रोक लाउने नगरपालिकाले आफै एक डेढ आनामा भबन निर्माण गर्दै ।