अर्घाखाँचीका एमाले दलित आन्दोलनका अगुवा नेता रामलाल सुनारको दाहसंस्कार ! छत्रदेब गाउँपालिकामा एमाले नेता पाण्डेको निधन

नवीन केसी 
हंसपुर, अर्घाखाँची ।  नेकपा एमाले अर्घाखाँचीका अगुवा नेता दलित आन्दोलनमा सक्रिय समाजीक व्याक्तित्व रामलाल सुनारको ७२ बर्षको उमेरमा भएको निधनले जिल्ला बासी शोकमन्न भएका छन । 
नेकपा एमालेका पुर्व केन्द्रिय अर्थ योजना तथा अनुसन्धान बिभाग सदस्य तथा राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्यको रुपमा सुनारले काम गर्दै आउनु भएको थियो । सुनवारको हिजो उपचारकालागी बुटवलबाट भैरहवा तर्फ लैजादै गर्दा नवलपरासीमा निधन भएको हो । उहाँको हंसपुरमा पार्थविक शरिरमा नेकपा एमालेका स्थाई कमिटि सदस्य छबिलाल बिश्वकर्माले नेकपा एमालेको झण्डा ओडाई अन्तिम श्रद्धाञ्जली व्यक्त गरेकाछन । 
शोक मन्तव्य राख्दै नेकपा एमालेका स्थाई कमिटि सदस्य छबिलाल बिश्वकर्माले भने ‘दलित आन्दोलनका अगुवा नेता तथा नेकपा एमालले राम्रो बनाउन सदैब लागी पर्ने ,कुनै पनि पदको ईच्छा नराख्ने नेताको निधनले नेकपा एमाले दु.खी एवम मर्माहत भएको छ उहाँले अगाडि सारेका कार्ययोजनाहरुलाई पार्टिले पुरा गर्ने छ यो नै उहाँ प्रति सच्चा श्रद्धाञ्जली हुने छ ‘। नेकपा एमाले ५ नम्वर प्रदेश कमिटि सद्स्य नरेन्द्र कुमार क्षेत्रीले शोकमन्तव्य राखदै अत्यनतै मिलनसार व्याक्ति जिबनको ४० बर्ष सम्म संगै सहयात्रा सहपाठि शिक्षकको रुपमा काम गर्दा कहिल्यै पनि तितो पिरो नभएको भन्दै सुनारको निधनले सिंगो पार्टिलाई दु : खी तुलाएको बताए । नेकपा एमालेको भुमिगत कालमा संगठन निमार्ण गर्नको लागी नेताहरुलाई सेल्टर प्रधान गर्ने र कुशल संगठकको रुपमा काम गर्दानै आज एमाले बिशाल पार्टि भएको भन्दै क्षेत्रीले भने उहाँले देखाएको बाटोमा पार्टि सदैब लाग्ने प्रतिबद्धता जाहेर गर्दै परिवारको सुख दुखमा सधै आफु साथमा रहने बताए । सोक शभामा मुक्ति समाजका केन्द्रिय सदस्य भोजबहादुर गन्र्दभ ,नेकपा एमाले मालारानी गाउँपालिकाका अध्यक्षका उम्मेद्धवार बालकृष्ण आचार्य र जिल्ला शिक्षा कार्यालयको तर्फबाट रिमप्रसाद पन्थी लगाएतले मन्तव्य राख्दै उहाँको मार्ग दर्शन अनुसार काम गर्न सकेमा उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका थिए । 
शोक सभा कार्यक्रममा एमाले नेताहरु एकराज आचार्य दलबहादुर भटट्राई ,पिताम्वर भुसाल ,सरोज भुसाल ,प्रमिला क्षेत्री ,जनार्दन खनाल बुद्धिरायमाझी ,जिबन कुमार चौहान ,तेज प्रसाद बिश्वकर्मा ,लिलबहादुर बि.क ,पुस्पा भाट ,रुद्र सुनाम लगाएतका नेता तथा स्थानीय बासी गरि हजारौको उपस्थीत रहेको शोक सभाको सञ्चालन पार्टि सचिब रामबहादुर चौहानको सञ्चालनमा समपन्न भएको थियो ।
छत्रदेब गाउँपालिकामा एमाले नेता पाण्डेको ५२ बर्षको उमेरमा निधन
नेकपा एमाले छत्रदेब गाउँपालिका वडा नम्वर ७ का वडा कमिटि अध्यक्ष एमालेका अगुवा नेता हरिलाल पाण्डेको ५२ बर्षको उमेरमा आज निधन भएको छ । लामो समय देखी सामाजीक क्षेत्रमा काम गर्दै आउनु भएका नेकपा एमालेको कुशल संगठक पाण्डेको हृदय घातका कारण मृत्यु भएको हो । 
पाण्डेको पार्थविक शरिरमा पार्टीको झण्डा ओडाई नेकपा एमालेका जिल्ला कमिटि अध्यक्ष चेतनारायण आचार्यले अन्तिम श्रद्धाञ्जलि दिनु भएको छ । सोक मन्तव्य राखदै जिल्ला अध्यक्ष आचार्यले भने एमाललेलाई सदैब अगाडि बढाउन लागी पर्ने व्याक्तित्वको अकल्पनीय दुखत निधनले नेकपा एमाललेलाई दुखीत एंवम मर्माहत बनाएको भन्दै चुनाबि अभियानमा छत्रदेब गाउँपालिकालाई नमुना बनाउने भगबतिको समस्यालाई समाधान गर्ने उहाँको योजनालाई पार्टिले आत्मा साथ गर्ने र उहाँले देखाएको बाटोमा पार्टि हिड्ने समेत प्रतिबद्धता जाहेर गर्नु भएका छ । सोक सभामा नेकपा एमाले ५ नम्वर प्रदेश कमिटि सदस्य रामजी घिमिरेले दुःखको यस शोकको घडिलाई शक्तिमा बदल्न समेत सबै नेता तथा कार्यक्रतालाई आग्रह गर्दै घिमिरेले नेता पाण्डेले देखाएको बाटोमा पार्टि लाग्ने र परिवारको साथमा पार्टी रहेको समेत बताउदै दिबंगत पाण्डेप्रति श्रद्धाञ्जली अपर्ण गर्नु भएको थियो । 
शोक सभामा एमाले नेताहरु लक्ष्मण रायमाझि , बद्रिनाथ शाह ,भबिस्वर पाण्डे ,सम्भु पोख्रेल ,नेकपा एमालेको तर्फबाट छत्रदेब गाउँपालिका अध्यक्ष पदका उम्मेद्धवार रिर्षी अधिकारी ,उपाध्यक्ष पदका उम्मेद्धवार मनिषा पन्थी लगाएतले शोक मन्तव्य राखेका थिए । त्यसतै नेकपाएमाले छत्रदेब गाउँपालिका संगठन कमिटिको आकस्मिक बैठक समपन्न भएको छ । 
बैठकले छत्रदेब गाउँपालिका संगठन कमिटिका सचिवालय सदस्य तथा वडा नम्वर ७ का अध्यक्ष क.हरिलाल पाण्डेको ५२ बर्षको उमेरमा भएको असमाहिक निधन प्रति सोकप्रस्ताव पास गर्दै ३ दिन सम्म पार्टिको झण्डा आधा झुकाउने ,तिन दिन कुनै पनि औपचारीक कार्यक्रम नगर्ने र पार्टिकार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको पत्रकार नबिन के.सीले खबर पठाउनु भएको छ ।