कांग्रेसले सन्धिखर्क नगरपालिकाको उपमेयर पदमा कमला आचार्यलाई उठायो

सन्धिखर्क नगरपालिकामा कांग्रेस उपमेयर उम्मेदवार कमला आचार्य ।
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । दोस्रो चरणको असार १४ गते सम्पन्न हुन गइरहेको स्थानिय तह निर्वाचनमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेसले उपमेयर पदको उम्मेदवारमा कमला आचार्यलाई उठाउने भएको छ ।
कांग्रेसले यसअघि नै अन्य पदमा उम्मेद्बारी टुंगो लागेपनि उपमेयरमा भने निर्णय गरेको थिएन् । यस्तै कांग्रेसले सन्धिखर्क नगरपालिकामा मेयर पदको उम्मेदवारमा कमलप्रसाद भुसाललाई उठाएको छ । 
लामो समय शिक्षण पेशामा समेत रहेकी सन्धिखर्क – ७ ( साविक खाचिकोट – ६) निवासी नेतृ कमला कांग्रेसका पुर्व जिल्ला सचिब बासुदेव आचार्यकी पत्नी हुन् । उपमेयरमा पार्टीले आफुलाई उठाउने टुंगो लागेपछि नेतृ कमला आचार्यले समृद्ध सन्धिखर्कको लागि आफु प्रतिबद्ध रहेको बताएकी छन् । यस्तै उनले मौलिक, सास्कृतिक र आत्मनिर्भर शहर निर्माणको विविध योजना सहित जनतामाझ जाने बताएकी छन् ।
नेपाली कांग्रेसले सन्धिखर्क नगरपालिकामा उठाएका मेयर उम्मेदवार कमलप्रसाद भुसाल र उपमेयर उम्मेदवारमा कमला आचार्य अरु दलका उम्मेदवार भन्दा योग्य सक्षम छन् । यि दुबै उम्मेदवारलाई व्यक्तिगत भोट् समेत बढी आउने देखिन्छ ।