किमडाँडाका गोलखाँडा, खाल, गाजरीमा एमालेका चुनावी सभाहरु सम्पन्न

अर्जुन भुसाल 
किमडाँडा, अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नम्वर ८  किमडाँडाका   विभिन्न   ठाउँमा नेकपा एमालेका चुनावी सभाहरु सम्पन्न भएका छन् । वडा नम्वर  ८ को  गोलखाँडा, खाल, गाजरी लगायतका ठाउँमा सभाहरु सम्पन्न भएका हुन । 
 सभालाई सम्वोधन गर्दै कार्यक्रमका  प्रमुख अतिथि नेकपा एमाले सन्धिखर्क विशेष नगर कमिटीका संयोजक युवराज श्रेष्ठले स्थानीय तहको निर्वाचनमा एमाले मुलुकको पहिलो शक्तिको रुपमा स्थापति हुने निश्चित भएको बताउनुभयो । उहाँले पहिलो चरण्को निर्वाचनमा  एमालेको जितलाई रोक्न सत्ता पक्ष दलहरले अनेक हर्कत गरेपनि जनताले एमालेलेलाई विश्वास गरेर पहिलो पार्टी बनाएको बताउनुभयो । उहाँले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका सहित अधिकांश स्थानीय तहमा एमालेले विजयी हासिल गर्ने दावी गर्दै एमालेले जितेमा मात्र जिल्लाको समृद्धि संभव भएको बताउनुभयो । 
सन्धिखर्क नगरपालिकाका मेयर पदका उम्मेद्वार कृष्णप्रसाद श्रेष्ठले  असार ९  गते हुन लागेको दोस्रो चरणको निर्वाचनमा सन्धिखर्कमा मेयर उपमेयर सहितका सबै पदमा एमालेले विजयी  सुनिश्चित भएको बताउनुभयो । उहाँले आफूले विजयी हासि गरेपछि सन्धिखर्कलाई धुलो धुँवा मुक्त शहरको रुपमा विकास गर्ने बताउनुभयो । उहाँले कृषि, पशुपालन, पर्यटन र घरेलु उद्योगबाट एक घर एक रोजगार कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।  श्रेष्ठले  विकास निर्माणका कामलाई दु्रत गतीमा सञ्चालन गरि सन्धिखर्कलाई मुलुककै नमूना नगरपालिकाको रुपमा विकास गर्ने गरि योजना बनाएको बताउनुभयो । 
उममेयर पदकी उम्मेद्वार इश्वरा पोख्रेलले एमालेले जितेपछि वृद्धा वृद्धि गर्नुका साथै महिला दलित, अपाङ्ग र पछाडी पारिएका वर्गको उत्थानका लागि विशेष खालका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।  उहाँले सन्धिखर्क नगरपालिकालाई बाल मैत्री र महिला हिंसा मुक्त नगरपालिकाको रुपमा घोषणा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 
कार्यक्रममा सन्धिखर्क ८ का वडा अध्यक्ष पदका उम्मेदवार इश्वरी प्रसाद भुसाल, जिल्ला कमिटी सदस्य तथा सन्धिखर्क ८ का वडा सदस्यका उम्मेद्वार नारायण अर्याल, सदस्य पदका उम्मेद्वारहरु कमल पराजुली, देवी थापा भुसाल, कमला परियारले मन्तव्य राख्दै मत दिइ विजयी गराउन आग्रह गरेका थिए । कार्यक्रममा नगर कमिटीका सचिव श्रीकृष्ण भुसाल आतिथ्यता रहेको थियो । कार्यक्रम बिर बहादुर सुनारको अध्यक्षता र  तुल्सी भुसालको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।