सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) ले बसिर मियालाई मेयर पदका लागि स्वतन्त्र उम्मेदवारको रुपमा उठाएको छ ।
प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) जिल्ला समिती अर्घाखाँचीले आज एक कार्यक्रम गरी जिल्ला सभापती बसिर मियालाई मेयर पदका लागि स्वतन्त्र उम्मेदवारको रुपमा उठाउने भएको हो ।
नगरपालिका मेयर पदमा आफु उठने टुंगो लागेपछि मियाले भ्रष्टाचार मुक्त नगर, कृषि तथा अौधोगिक क्षेत्रमा लगानी, युवालाई खाडीमा होइन गाउँ गाउँमै रोजगारी भन्ने मुल नाराका साथ चुनावी मैदानमा आएको साथै समृद्ध सन्धिखर्कको लागि आफु प्रतिबद्ध रहेको बताएका छन् ।
साथै एकीकृत राप्रपाले जिल्लाका अन्य नगरपालिका र गाउँपालिकाका लागि पनि उम्मेदवारी मनोनयन गर्ने दिन असार ४ गते भित्र उम्मेदवार घोषणा गर्ने तयारी गरिरहेको मेयर उम्मेद्वार मियाले अर्घाखाँचीडट्कमलाई बताए ।