छत्रदेब गाउँपालिकाको चिदिकामा २१ वर्षिया एक युवतीको जबरजस्ती करणीपछि हत्या

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची असार २ ।  जवरजस्ती करणी गरि हत्या गर्ने अघाखाँचीका एकजना युबकलाई प्रहरीले पक्राउ गरेको छ । 
सन्धिखर्क- २ भद्रीेखोला घर भई हाल  गुल्मीको गुल्मीदरवार गाउँपालिका वार्ड नं. ५ स्थीत खड्क बहादुर ढेगा मगरको बंगुर फर्ममा काम गर्ने २२ वर्षका रमेश बादीलाई खोजतलास गर्ने क्रममा  असार १ गते  गुल्मीदरवार गाउँपालिका वार्ड नं. ५ बाट प्रहरीले पक्राउ गरेको हो । 
निज रमेश बादीले अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वार्ड नं १ केदुवा खोलामा  सोहि ठाँउ बस्ने २१ बर्षकी सुमित्रा कुमाललाई जेष्ठ ३१ गते साँझ करीब ७ बजेको समयमा जवरजस्ती लतारी धान बारीमा ल्याई जवरजस्ती करणी गर्ने क्रममा पिडितले  ईन्कार गरेपछी कुटपिट गरि पिडितको ओठ टोकी ओठमा गम्भिर चोट पु-याई पिडितलाई धानवारीमा रहेको हिलाम्य पानीमा मुख धसी अचेत अबस्थामा छाडी  वारदात स्थानबाट भागी फरार भएका थिए ।
 प्रहरीले तत्काल अचेत अबस्थामा रहेकी सुमित्रालाई  फेला पारी उपचारको लागी पाल्पा अस्पतालमा पठाएको थियो । निज सुमित्राको उपचारको क्रममा जेष्ठ ३१ गतेनै पाल्पा अस्पतालमा मृत्यु भएको थियो । अहिले घटनाको दोषी रमेश बादीलाई पक्राउ गरि थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ  ।

अगाडिको समाचार:-
Image result for अर्घाखाँची जिल्लाको चिदिका गाबिसको बेशी खर्ज्याङ ।
 चिदिकाको बेशी खर्ज्याङ ।
चिदिका, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिकाको चिदिकामा जबरजस्ती करणीपछि एक युवतीको हत्या भएको छ । 
हाल छत्रदेब गाउँ पालिका वडा नं १ चिदिकाकी २२ वर्षिया सुमित्रा कुमालको जबरजस्ती करणीपछि हत्या भएको हो ।
सन्धिखर्क – २ भद्रीखोलाका बर्ष २२ को रमेश बादीले चिदिकाको केदुवा खोलामा युवतीलाई जबरजस्ती करणी गरेका थिए । करणीपछि शक्त घाइते भएकी युवतीको उपचारका लागि पाल्पा लैजाने क्रममा  मृत्यु भएको थियो ।
घटनामा संलग्न रमेश बादीलाई बल्कोट प्रहरी चौकी र गुल्मीको खर्ज्याङ प्रहरी चौकीको प्रहरीको संयुक्त टोलीले प्रकाउ गरेको थियो । अभियुक्तलाई अहिले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा थुनामा राखिएको छ ।
 बादी यस भन्दा अगाडी मथुरामा भैसिको पाडी चोरेर खाएको बिषयमा जिल्ला अदालतबाट ३७ हजार ५ सय जरिबाना र क्षतिपूर्ति सहित जिल्ला कारागारमा कैद भुक्तान गरेता पनि क्षतिपूर्ति रकम भुक्तान नगरे बापत प्रहरीको खोजीको सुचीमा थिए । भद्रीखोलामा हो- हल्ला गरिरहने उनलाई प्रहरीले पटक पटक प्रकाउ गरेको थियो । 
 बादीले चिदिकाको केदुवा खोलामा बालुवा, गिट्टीको काम आएका थिए। उता प्रहरीले बादीलाई जबरजस्ती करणी, कर्तव्य ज्यान सम्बन्धि मुद्दा चलाउने भएको छ ।