सन्धिखर्क नगरपालीका-१२ मा काङग्रेस र माओवादी केन्द्रबीच तालमेल, अध्यक्ष पद कांग्रेसलाई


विक्रम पाण्डे समान्ता 
सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वार्ड नं. १२ मा नेपाली कांग्रेस र माओवादी केन्द्र वीच चुनावी तालमेल भएको छ । 
यस वार्डमा दोस्रो चरणको स्थानीय चुनावको लागी नेपाली कांग्रेस र माओवादी केन्द्र वीच तालमेल भएको हो । यहि असार १४ गते हुने स्थानीय तहको चुनावको लागी यस वार्डबाट नेपाली कांग्रेस र मओवादी केन्द्रबाट संयुक्त प्यानलको रुपमा अध्यक्ष पदमा नारायण खड्कालाई चुनावी मैदानमा उठाएको छ । 
खड्का यस अघि नै सर्व सम्मत रुपमा अध्यक्ष पदको लागी चुनिएका थिए । त्यसै गरी नेपाली काङग्रेसको तर्फबाट महिला सदस्यमा झम्मन कुमारी श्रेष्ठ , खुल्ला पुरुष सदस्यमा वावुराम वस्याल र माओवादी केन्द्रको तर्फबाट सदस्यमा जीवन कुमार वस्यालर दलित सदस्य महिला हिमकला टोटा सहित संयुक्त चुनावमा उत्रीएका हुन् । 
यस वार्डमा नेकपा एमालेबाट वडा अध्यक्षमा नारायण श्रेष्ठ , त्यस्तै खुला पुरुष सदस्यमा नारायण बस्याल, मधु कुमार श्रेष्ठ त्यस्तै महिला सदस्यमा पार्वता श्रेष्ठ र दलित महिला सदस्यमा माया नेपालीलाई चुनावी मैदानमा उभाएको छ ।
सन्धिखर्क नगरपालीका भित्रका वार्ड मध्य निकै चासोको रुपमा यस वडालाई हेरीएको यस वडामा वडा अध्यक्षको लागी काङग्रेस माओवादी गठबन्धनबाट नारायण खड्का र नेकपा एमालेबाट नारायण श्रेष्ठ चुनावी मैदानमा उभिएका छन् । 
यो वडा नेकपा एमालेको पकट क्षेत्र मानिएको हुनाले एमालले जित आप्ःनो पक्षमा आउने दावी गर्दै आएको छ भने नेपाली काङग्रेसले युवा उम्मेदवार उठाएको र चुनावी तालमेल सङगै आफुलाई बलियो ठानेकोे काङग्रेस र मओवादी केन्द्र गठबन्धनले पनि जित आप्ःनो पक्षमा आउने दावी गर्दै आइरहेको छ । 
त्यसो त एमालेका अध्यक्षका उम्मेदवार नारायण श्रेष्ठ पञ्चायत कालका पनि गाविस अध्यक्ष जितेका नेता समेत मानिन्छन् । जनता सामु लोक प्रीय मानिएका नेता श्रेष्ठ सामाजिक कार्यमा निकै सकृय नेताको रुपमा परीचित छन् । विगत देखि डिभर्नाको विकासका सकृय रहने नेता श्रेष्ठले आप्ःनो जित सुनिश्चित रहेको बताउछन् ।
भने यता काङग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार नारायण खड्काले जनताले युवा नेतृत्व चाहेकाले आफु जनताको मर्म र भावना अनुसार अध्यक्ष पदमा होमिएको बताउँछन् । जनता सामु निकै सहयोगी भावना राख्ने खड्काले अबको समाजको नेतृत्व युवाले हाक्नु पर्ने बताउँछन् । अवको नेतृत्व युवालाई सुम्पिदै अग्रजले सल्लाहकारको भूमिका निर्वाह गर्नु पर्ने बताउँछन खड्का । नेपाल तरुण दलका जिल्ला अध्यक्ष समेत रहेका नेता खड्का गाउँ तह देखि जिल्ला तह सम्म आप्ःनो राम्रो छवी बनाएका छन् । अध्यक्षमा आप्ःनो जित भए सेवा सुविधा नलिने खड्काले यस अघिनै घोषणा गरीसकेका छन् ।
यस वार्डको चुनावको माहोल:-
कुल २२ सय ८४ मतदाता रहेको यस वडामा चुनावको मिती नजिकीदै गर्दा दैनिक जसो चुनावी गतीविधीले तिब्रता लिएको छ । आप्ःनो जितको सुनिश्चित भएको दावी गर्दै आएका दुबै पार्टीले दैनिक जसो चुनावी प्रचारमा सकृयता देखाएका छन् । स्थानीय तहको पहिलो चरणको चुनाव सकिए यता दोस्रो चरणको चुनावको रन्को ह्वात्तै बढेको छ । 
उम्मेदवारहरु नेता घरघरमा मत माग्न ब्यस्त छन् । गाउँ घरहरु दलहरुका झण्डा , चुनावी प्रचार समाग्रीहरुले दुलही झै सिगारीएका छन् । घरघरमा आप्ःना दल पक्षका झण्डाहरु फराइएका छन् । यो देख्दा नेताहरु आप्ःनो पक्षको मान्छे कुन र विपक्ष मान्छे कुन भनेर छुट्ट्याउन निकै सजिलो समेत बनेको नेताहरु बताउछन् । 
जनताले कस्तो नेतृत्व चाहेको छ भन्ने कुरा अहिले यसै भन्न सकिन्न त्यो हेर्न त केवल असार १४ गतकोे निर्वाचनलाई पर्खनु पर्ने देखिन्छ ।