अर्घाखाँचीमा कांग्रेस र माअोबादी केन्द्रबीच तालमेल, सन्धिखर्कको मेयर पद कांग्रेसलाई ! एमाले र राष्ट्रिय जनमोर्चाको पनि तालमेल

सन्धिखर्कमा नेपाली काँग्रेस र माअाेवादी केन्द्र का उम्मेदवार भोट चुनावी घरदैलोमा । 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका ३ नगरपालिका र १ गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माअोबादी  केन्द्र बीच तालमेल भएको छ ।
अर्घाखाँचीडट्कमलाई प्राप्त जानकारी अनुसार सन्धिखर्क नगरपालिकाको मेयर पदमा कमल प्रसाद भुसाललाई र  उपमेयरमा ठाकुर बिक,  भुमिकास्थानको मेयर पदमा रेशम थापा र उपमेयर पदमा खडानन्द बेल्बासे, यस्तै शितगंगा नगरपालिकाको मेयर पदमा सुर्य प्रसाद अधिकारी र उपमेयर पदमा टीका रेष्मी, साथै मालारानी गाउँपालिकाको अध्यक्षमा पदम क्षेत्री र उपाध्यक्ष पदमा शान्ता खनाल हुनेगरि तालमेल भएको हो । 
भोली हुने उम्मेदवारी दर्ताको लागि संयुक्त तैयारी भएको छ । 
एमाले र राष्ट्रिय जनमोर्चाको पनि तालमेल
यस्तै नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको पनि तालमेलको लागि छलफल भईरहेको छ । 
स्रोतका अनुसार सन्धिखर्कको मेयरमा एमाले र उपमेयरमा राष्ट्रिय जनमोर्चालाई दिने, यस्तै भूमिकास्थानको मेयर पदमा राष्ट्रिय जनमोर्चालाई र उपमेयरमा एमालेलाई दिने गरी छलफल भएको छ ।  भूमिकास्थानमा अन्य दल भन्दा राष्ट्रिय जनमोर्चाको अवस्था बलियो छ ।