अर्घाखाँचीमा निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा, उम्मेदवारी दर्ता भोली बिहान ८ बजेदेखि ४ बजेसम्म (सम्पूर्ण विवरण सहित)

अर्घाखाँची डट्कम संम्बाद्दाता 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । निर्वाचन आयोगले स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत अर्घाखाँची जिल्लामा उम्मेदवारी दर्ताको लागि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकेको छ । दोस्रो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको पनि आयोगले बताएको छ । 
यस पटकको स्थानीय तहको निर्वाचनमा अर्घाखाँची जिल्लाबाट कुल १ लाख २६ हजार ६ सय ९९ जना मतदाताले निर्वाचनमा भाग लिन पाउने छन् । जसमा पुरुष मतदाताको संख्या ६० हजार २ सय ९२ र महिला मतदाता ६६ हजार ४ सय ३ जना रहेका छन् । यसरी जिल्लामा सबै गाउँपालिकामा महिला मतदाताको संख्या बढिरहेको छ । जिल्लाभर पुरुष मतदाता भन्दा ५ हजार ७ सय ११ जना महिला मतदाताको संख्या बढि छ ।  
अर्घाखाँचीमा ९३ वटा मतदानस्थल निर्धारण गरिएको छ । जिल्लाको तीनवटा नगरपालिका र तीनवटा गाउँपालिका गरी ६ वटा स्थानीय तहमा ९३ मतदानस्थल निर्धारण गरिएको छ । जस अनुसार सन्धिखर्क नगरपालिकामा १५ स्थल, शितगंगा नगरपालिकामा २४, भूमिकास्थान नगरपालिकामा १७, पाणिनी गाउपालिकामा १४, छत्रदेव गाउपालिकामा ११ तथा मालारानी गाउपालिकामा १२ स्थल कायम भएका छन । 
सन्धिखर्क नगरपालिका
यस नगरपालिकामा २४ हजार ६ सय ४२ जना कुल मतदाता रहेका छन्  । जसमा पुरुष मतदाता ११ हजार ५ सय ४५ जना  र १३ हजार ९७ जना महिला मतदाता रहेका छन् ।
शीतगंगा नगरपालिका
साविकका सातवटा गाविस मिलेर बनेको यो नगरपालिकामा २५ हजार १ सय ४२ जना मतदाता रहेका छन् । जसमध्ये पुरुष मतदाता १२ हजार ४ सय १४ जना  र १२ हजार ७ सय ८७ जना महिला मतदाता रहेका छन् ।

भूमिकास्थान नगरपालिका
यस गाउँपालिकामा कुल १८ हजार ३ सय ८ मतदाता रहेका छन् ।  जसमध्ये ८ हजार ७ सय ६५ पुरुष मतदाता रहेका छन् भने ९ हजार ५ सय ४३ महिला मतदाता रहेका छन् ।
छत्रदेव गाउँपालिका
यस गाउँपालिकामा १८ हजार ७ सय ६० जना कुल मतदाता रहेका छन् । जसमध्ये ८ हजार ८ सय ३० पुरुष मतदाता रहेका छन् भने ९ हजार ९ सय ३० महिला मतदाता रहेका छन् । छत्रदेब गाउँपालिकामा ८ वटा मतदान स्थल तय गरिएको छ ।
मालारानी गाउँपालिका
यस गाँउपालिकामा १८ हजार ६ सय ८७ जना कुल मतदाता रहेका छन् । जसमध्ये ८ हजार ८ सय ५५ पुरुष र ९ हजार ८ सय ३२ महिला मतदाता रहेका छन् ।

 ३ नगरपालिका, ३ गाउपालिकाका जम्मा ६१ वडा रहेको यस जिल्लामा ९३ मतदानस्थलका करिब १८० को हाराहारीमा मतदान केन्द्र हुने अनुमान गरिएको छ । बिगतमा ८५ स्थल रहेका अर्घाखाची जिल्लाको मतदान केन्द्र सिफारिस समितिले ९३ बटा मतदान स्थल सिफारिस गरेको छ । साबिक गाबिस तथा नगरपालिकाका वडाहरुलाई नया संरचना अनुसार समायोजन गर्दा कुनै वडामा मतदान केन्द्र नपरेको तथा कुनै वडाका मतदातालाई मतदान केन्द्र अपायक परेको अबस्थालाई मध्येनजर गरी जिल्लाका ३ नगरपालिका, ३ गाउपालिकाका ६१ वडाका लागि ९३ मतदान स्थल कायम गरिएको हो । जस अनुसार सन्धिखर्क नगरपालिकामा १५ स्थल, शितगंगा नगरपालिकामा २४, भुमेकास्थान नगरपालिकामा १७, पाणिनी गाउपालिकामा १४, छत्रदेव गाउपालिकामा ११ तथा मालारानी गाउपालिकामा १२ स्थल कायम भएका छन   जिल्लाको कुल मतदाता संख्या १,लाख ३२,हजार ४२१ रहेको छ जसमा महिला ६८,हजार ५६१ र पुरुष ६३ हजार ,८६० रहेका छन । जस अनुृसार शितगंगा नगरपालिकामा सबैभन्दा बढी २६ हजार ,१६३ र छत्रदेब गाउपालिकामा सबैभन्दा कम १९,हजार २२७ मतदाता रहेका छन । २०७० सालको संबिधानसभा सदस्य निर्वाचनमा कुल मतदाता संख्या १,लाख ७ हजार २२६ रहेको थियो ।