राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीभर आफ्नो उम्मेदवारी दर्ता गरायो


अर्घाखाँची डट्कम संम्बादाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । राष्ट्रिय जनमोर्चाले अर्घाखाँची जिल्लाको सन्धिखर्क लगायत जिल्लाभर आफ्नो उम्मेदवारी दर्ता गराएको छ ।
राष्ट्रिय जनमोर्चाबाट सन्धिखर्क नगरपालिकाको प्रमुखमा कल्पना पोखरेल, उपप्रमुखमा पशुपति ढकाल, शीतगंगा नगरपालिकाको प्रमुखमा गोविन्द थापा, उपप्रमुखमा वासमता भट्टराई, भुमिकास्थान नगरपालिकाको प्रमुखमा कविराम खनाल, उपप्रमुखमा शकुन्तला राना, पाणिनी गाउँपालिका अध्यक्षमा देवी भुसाल, उपाध्यक्षमा राधा गौतम, छत्रदेव गाउँपालिका अध्यक्षमा हरि न्यौपाने, उपाध्यक्षमा कमला आचार्य, मालारानी गाउँपालिका अध्यक्षमा नरेन्द्र थापा, उपाध्यक्षमा तुलसा केसीले आ-आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
राष्ट्रिय जनमोर्चालाई सन्धिखर्क नगरपालिकामा  उम्मेदवारी दर्ताको लागि बिहान ९:३० बजेदेखि १०:३० बजेसम्म समय दिइएको थियो ।
उता उम्मेदवारी दर्ता पछि पनि  नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको पनि तालमेलको लागि छलफल भईरहेको छ ।
स्रोतका अनुसार सन्धिखर्कको मेयरमा एमाले र उपमेयरमा राष्ट्रिय जनमोर्चालाई दिने, यस्तै भूमिकास्थानको मेयर पदमा राष्ट्रिय जनमोर्चालाई र उपमेयरमा एमालेलाई दिने गरी छलफल भएको छ । भूमिकास्थानमा अन्य दल भन्दा राष्ट्रिय जनमोर्चाको अवस्था बलियो छ ।

अन्य समाचारहरु