अर्घाखाँचीमा शान्तीपुर्ण तवरमा उम्मेद्धारी दर्ता सम्पन्न, दुई तहमा कांग्रेस माओवादीले प्रमुखमा उम्मेद्धार उठाएन (उम्मेदवारको नामावली सहित)

प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची ४ असार ।  स्थानीय तहको निर्बाचनका लागि अर्घाखाँचीका चार स्थानीय तहमा कांग्रेस र माओवादी विच चुनावी तालमेल भएको छ ।
सन्धिखर्क र शित गंगा नगरपालिकामा प्रमुख कांग्रेस र उपप्रमुख नेकपा माओवादीलाई दिने सहमति भए अनुसार उम्मेद्धारी दर्ता भएको छ ।  भुमिकास्थान नगरपालिका र मालारानी गाँउ पालिकामा प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेसलाई सघाउने सहमति भए अनुसार उम्मेद्धारी दर्ता भएको हो ।
सन्धिखर्क  नगरपालिकामा कांग्रेसबाट मेयरमा कमल प्रसाद भुसाल र उपमेयरमा माओवादीवाट ठाकुर विकको उम्मेद्धारी परेको छ ।  सन्धिखर्क नगरपालिकाको मेयरमा सात जना र उपमेयरमा पाँच जनाको उम्मेद्धारी परेको छ ।
राष्ट्रिय जनमोर्चाले मेयरमा कल्पना पोख्रेल र उपमेयरमा पशुपति ढकाललाइ उम्मेद्धार बनाएको छ । एमालेले मेयरमा कृष्ण प्रसाद श्रेष्ठ र उपमेयरमा इश्वरा पोख्रेललाई उम्मेद्धार बनाएको छ । नँया शक्तिले मेयरमा यमुना भुसाल र उप मेयरमा टोप बहादुर बलाललाइ उम्मेद्धार बनाएको छ । राप्रपाबाट मेयरमा धु्रबराज भुसाल, उपमेयरमा सुनिता गिरी र स्वतन्त्रवाट वशिर मियाको उम्मेद्धारी परेको मुख्य निर्बाचन अधिकृत केसव प्रसाद बास्तोलाले बताउनु भयो ।
सितगंगा नगरपालिकामा मेयरमा सात जना र उपमेयरमा पाँच जनाको उम्मेद्धारी परेको छ । कांग्रेसवाट मेयरमा सुर्य अधिकारी, उपमेयरमा माओवादी केन्द्रवाट टिका रेस्मीलाई उठाउने सहमति भए अनुसार उम्मेद्धारी परेको छ ।
एमालेबाट मेयरमा बसन्त श्रेष्ठ र उपमेयरमा गिता भाटले उम्मेद्धारी दर्ता गरेका छन । राप्रपाबाट मेयरमा देवीराम गैरे र उपमेयरमा रुपा बेल्बासे, राष्ट्रिय जनमुक्ति पाटीबाट मेयरमा मधुबहादुर सारु र उपमेयरमा बसन्ता पेग्मीको उम्मेद्धारी परेको छ । मालेबाट मेयरमा केदार बेल्बासे र नँया शक्तिबाट यागेश्वर गिरीको उम्मेद्धारी परेको सहायक निर्बाचन अधिकृत सुन्दर श्रेष्ठले जानकारी दिनु भयो ।
भूमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाबाट मेयरमा  कविराम खनाल र उपमेयरमा शकुन्तला थापा, एमालेबाट मेयरमा पीताम्बर भुसाल, र उपमेयरमा सुनिता बेल्बासेले मनोनयन दर्ता गरेका छन । यस्तै मेयरमा माओवादीबाट रेशम थापा र उपमेयरमा कांग्रेसबाट  खडानन्द बेल्वासेले उम्मेद्धारी दर्ता गरेका छन ।   नँया शक्तिबाट प्रेम बन्जाडे , उपमेयरमा गंगा घिमिरे मेयरको उम्मेद्धार बनेका छन । राप्रपावाट मेयरमा धनबहादुर रायमाझि र उपमेयरमा पवित्रा पौडेलको उम्मेद्धारी परेको निर्बाचन अधिकृत चेतप्रसाद उप्रेतीले जानकारी दिनु भयो ।
मालारानी गाँउपालिकामा प्रमुखमा माओवादीवाट पदम क्षेत्री र उपप्रमुखमा कांग्रेसवाट  शान्ता खनालले उम्मेद्धारी दर्ता गरेका छन ।
एमालेवाट प्रमुख बालकृष्ण आचार्य र उपप्रमुखमा प्रमिला क्षेत्रीको उम्मेद्धारी परेको छ । राप्रपावाट प्रमुखमा बालानन्द भुसाल, उपप्रमुखमा कमला पन्थी, राष्ट्रिय जनमोर्चाबाट प्रमुखमा नरेन्द्र थापा, उपप्रमुखमा तुलसा कुवर, र नँया शक्तिबाट प्रमुखमा जिन्दक बहादुर थापा र उपप्रमुखमा उषा पुरी थापाको उम्मेद्धारी परेको निर्बाचन अधिकृत डिल्लीराज शर्माले बताउनु भयो ।
पाणिनि गाँउ पालिकामा कांग्रेसवाट अच्युत गौतम र उप प्रमुखमा अम्विका पोख्रेल, एमालेबाट प्रमुखमा जीवनारायण कोइराला र उपप्रमुखमा लक्ष्मी गौतम  माओवादीवाट प्रमुख श्रीहरी गौतम र उपप्रमुखमा विमला घिमिरेले उम्मेद्धारी दर्ता गरेका छन । राप्रपा वाट वेदराज घिमिरे, मालेवाट इन्द्र बहादुर रेस्मी ले प्रमुखमा उम्मेद्धारी दिएका छन ।
नँया शक्तिबाट प्रमुखमा माधबराज गौतम र उपप्रमुखमा लिलावती पाण्डे, राष्ट्रिय जनमोर्चाबाट प्रमुखमा देवी प्रसाद भुसाल, उपप्रमुखमा श्रिधरा रावल र स्वतन्त्रबाट अमिर हाम्जाले स्वतन्त्र उम्मेद्धारी दर्ता गरेको निर्बाचन अधिकृत ध्रुबराज भुसालले बताउनु भएको छ ।
छत्रदेव गाँउ पालिकामा कांग्रेसवाट प्रमुखमा लेखनाथ पोख्रेल, उपप्रमुखमा तुलसादेवी श्रेष्ठ , एमालेबाट प्रमुखमा रिषि अधिकारी र उपप्रमुख मनिषा पन्थी , माओवादीवाट प्रमुखमा प्रकाश ज्ञवाली र उपप्रमुखमा बिष्णुमाया रायमाझिले उम्मेद्धारी दर्ता गरेका छन । राप्रपाबाट प्रमुखमा बिष्णु खनाल , उपप्रमुखमा निस्चल नेपाली, र राजमोवाट प्रमुखमा हरीलाल न्यौपानेले र उपप्रमुखमा निस्चल नेपालीले उम्मेद्धारी दर्ता गरेको निर्बाचन अधिकृत पुस्पराज शाहीले जानकारी दिनु भयो ।