पहिलो प्रकासित मिती: २०७४ आषाढ ४, आईताबार )
मनोज भुसाल
नुवाकोट, अर्घाखाँची । भूमिकास्थान नगरपालिकाका नेकपा एमाले उम्मेदवारहरुले भव्य र्याली र बाजागाजाका साथ निर्वाचन अधिकृतको कार्यालय नुवाकोटमा उम्मेदवारी दर्ता गराएका छन्। भूमिकास्थान नगरपालिकामा मेयर पदका उम्मेदवार पिताम्बर भुसाल, उपमेयर पदकी उम्मेदवार सुनिता बेल्बासे र १० वटै वडाका अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुले दिउसो करिव १२:३० वजे भूमिकास्थानको मूख्य निर्वाचन अधिकृतको कार्यलयमा मनोनयन दर्ता गरेका हुन्।
मनोनयन दर्ता पछि एमाले उम्मेदवारहरुले एक विशाल र्यालीको नेतृत्व गरेका थिए। र्याली नुवाकोटको कोट सम्म पुगि सभामा परिणत भएको थियो। सभालाई मेयर उम्मेदवार भुसाल र उपमेयर उम्मेदवार बेल्बासेका अलावा एमाले केन्द्रिय सदस्य बोम बहादुर बिक, एमाले प्रदेश कमिटि सदस्य पवित्रा पौडेल, एमाले अर्घाखाँचीका उपसचिव प्रेम गैरे लगायतले सम्बोधन गरेका थिए।
सभालाई सम्बोधन गर्दै मेयर प्रत्यासि भुसालले माओवादी केन्द्र र नेपाली कांग्रेस बिचको तालमेललाई आफूले डटेर सामना गर्ने र जनताले एमालेलाई विजयी बनाई छाड्ने दावी गरेका थिए। उपमेयर प्रत्यासी बेल्बासेले माओवादी कांग्रेस गठबन्धनले गर्दा एक मुख्य पद महिलाले पाउनुपर्ने संवैधानिक व्यवस्थाको समेत खिल्ली उडाएको बताईन्।
माओवादी केन्द्र र नेपाली कांग्रेस बिचको चुनावी तालमेलका बावाजुत भूमिकास्थानका एमाले कार्यकर्ताहरु उत्साहित देखिएका थिए। ‘हामिलाई यो तालमेलका कारण केहि मेहेनत गर्नु परे पनि हाम्रो जित सुनिश्चित छ,’ सभामा भेटिएका एक एमाले कार्यकर्ताले भने, ‘उनीहरु गठबन्धन गरेर आउनु नै एमाले संग डराउनु हो र त्यो नै हाम्रो विजय तर्फको पहिलो खुड्कीलो हो।’