सन्धिखर्क नगरपालिकामा कांग्रेस, माओवादी केन्द्र गठबन्धनले सजिलै चुनाव जित्ने अनुमान


अर्घाखाँचीडट्कम संबाददाता 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि अहिले अर्घाखाँची जिल्लामा चुनाव प्रचार-प्रसारको लागि दलहरु अन्तिम चरणमा पुगेका छन् । 
जिल्लाका नगरपालिका, गाउँपालिकामा राजनीतिक दलहरुले आ- आफ्नो पक्षका उम्मेदवारलाई विजयी गराउन लागि परेका छन् । सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र बिच तालमेल भएको छ । तालमेल अनुसार मेयर पदमा कांग्रेसका कमल प्रसाद भुसाल र उपमेयर पदमा माओवादी केन्द्रका ठाकुर कुमार बिकले संयुक्त उम्मेदवारी दिएका छन् । साथै तालमेलपछि सन्धिखर्कमा कांग्रेस, माओवादी गठबन्धनले सजिलै जित्ने विश्लेषण गरिएको छ । 
यस्तै जिल्लाको सबैभन्दा ठुलो सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेसको अवस्था केही मजबुत रहेता पनि जिल्लाको अर्को राजनीतिक शक्ति माओवादी केन्द्रसँग तालमेल भएपछि मेयर पदका उम्मेदवार कमल प्रसाद भुसालले सजिलै चुनाव जित्ने विश्लेषण गरिएको हो। 
सन्धिखर्क नगरपालिकामा साविक सन्धिखर्क, नरपानी, खाँचाीकोट, किमडाँडा, अर्घा, पाली – ९ र वाङ्ला गाविसहरूमा कांग्रेस माओवादीले राम्रो मत लिने देखिन्छ । एमालेको डिभर्नामा मात्र राम्रो देखिन्छ । उता सन्धिखर्क गाबिस, खाचिकोटमा एमाले र राष्ट्रिय जनमोर्चाले २०७० सालको स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जितेका थिए । 
सन्धिखर्कमा कांग्रेस माओवादीका संयुक्त मेयर पदका उम्मेदवार कमल प्रसाद भुसाल पुर्व जिल्ला सभापती र कुसल योग्य चर्चित राजनीतिक  क्षेत्रमा राम्रो अनुभव भ्एका कुसल योग्य क्षमतावान सामाजिक ब्यक्तित्व पनि हुन । उनलाई सन्धिखर्कमा धेरै व्यक्तिगत भोट् पनि आउने अनुमान गरिएको छ । 
उता सन्धिखर्कका राम प्रसाद खनाल भन्छन्; एमालेले सन्धिखर्कलाई स्मार्ट सिटी बनाउन भन्नु र काठमाडौंका एमाले मेयरले चुनाव जित्न प्रतिबद्धता अनुसार काठमाडौलाई विश्वको न. १ स्मार्ट सिट बनाउन भन्नु एकै हो । आखिरी एमालेले जित्यो भने काठमाडौंमा मेयर विद्यासुन्दर शाक्यले जनताको करबाट मोबाइल बाँड्ने निर्णय गरेजस्तो हो । काठमाडौँका मेयरले वडाध्यक्षलाई मोबाइल सेट किन्ने निर्णय फिर्ता लिए पनि आफू र उपमेयरलाई मोबाइल किन्ने निर्णय यथावत् राखेका छन् ।  खनालले भने; जहिले पनि दिक्क लाग्ने पुराना वृद्धभत्ता एमाले सरकारले शुरु गरेको जस्ता अनेक नारा बेचेर अहिलेको आधुनिक युगमा पनि नहुने गलत चुनावको खेती गरेका छन् ।  एमालेले सन्धिखर्कमा बाहिरी नगरपालिका, गाउँपालिकाबाट मान्छे लिएर चुनाव प्रचार गर्न र उम्मेदवारी दर्ताको दिन जनशक्ती देखाएपनि भित्र-भित्र जनमत कम्जोर छ; उनले भने ।
यस्तै सन्धिखर्कका डुक मुखियाले भने;  एमालेले अहिले सम्म सबै संसदिय चुनावमा जितेर गएको छ । डिल्लीराज खनाल, दुमान सिंह थापाले के गरे । अहिले सम्म एमालेका नेताले जिल्लाको लागि के गरे ? ० % केही पनि गरेनन् । अर्घाखाँचीमा एमालेले अहिले  चुनाव जित्न जनतालाई भ्रम मात्र छरेका हुन्; उनले भने ।
उता एमालेले सन्धिखर्क नगरपालिकाको मेयर पदमा कृष्ण प्रसाद श्रेष्ठलाई उठाएको छ । श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा अर्घाखाँची उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष हुन ।  यस्तै राष्ट्रिय जनमोर्चाले कल्पना पोख्रेललाई मेयर पदको रुपमा उम्मेदवार उठाएको छ । पोख्रेल अखिल नेपाल महिला संघ पुर्ब जिल्ला कमिटी अध्यक्ष ,हाल केन्द्रिय कोषाध्यक्ष तथा महिला नेत्री हुन् ।    
सन्धिखर्क नगरपालिकाका १२ वार्डमा २४ हजार ६ सय ४२ जना कुल मतदाता रहेका छन् । जसमा पुरुष मतदाता ११ हजार ५ सय ४५ जना र १३ हजार ९७ जना महिला मतदाता रहेका छन् ।