सन्धिखर्क – ७ खाचिकोटको लाम्डाँडामा नयाँ शक्ति नेपालका उम्मेद्वारले चामल वितरण गर्दै गरेको अवस्थामा रङेहात प्रकाउ

बसन्त खड्का
खाचिकोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क वार्ड नम्बर ७ मा नयाँ शक्ति नेपालले स्थानीय तह निर्वाचन आचार संहिता विपरित स्थानियबासीलाई चामल वितरण गर्न थालेको अवस्थामा रङेहात प्रकाउ गरिएको छ । 
सन्धिखर्क – ७ का नयाँ शक्तिका वार्ड अध्यक्ष पदका उम्मेद्वार फर्स बहादुर नेपालीले खाचिकोटको लाम्डाँडा सिरपामा रहेको साना किसान सहकारी संस्थाको पसलमा ३० बोरा चामल, ३ बोरा नुन र ६ बोरा रसायनिक मल वितरण गर्न थालेको अवस्थामा फेला पारिएको हो । 
जिल्ला निर्वाचन कार्यालयमा परेको मौखिक उजुरीका आधारमा नारायण खत्रीको अनुगमन टोलीले छापा मार्दा उक्त परिणाम बराबरको चामल, नुन मल फेला परेको थियो । 
फेला परेको उक्त खाद्य सामाग्री निर्वाचन पछि वितरण गर्ने सर्तमा कागज गराई स्थानिय छन्द बहादुर नेपालीको घरमा सिलबन्दी गरेर राखिएको छ । उक्त खाद्य सामाग्री खोल्दा प्रशासन र निर्वाचन अधिवक्ताको अनुमती लिई मात्र खोल्न सकिनेछ । 
 

अन्य समाचारहरु