घनश्याम पौडेल हिन्दू
सन्धिखर्क, अर्घाखाँची, १४ असार । अर्घाखाँची जिल्लाका धेरैजसो मतदान केन्द्रबाट अर्घाखाँचीबासीहरु छाता ओडेर लाईनमा बसी मतदान गरिरहेका छन । विहानै देखि सिमसिम पानी परेसँगै उत्साहका साथ जिल्लाबासीले मतदान गरिरहेका छन ।
बिहान ७ बजेदेखि अर्घाखाँची जिल्लाभरका सवै मतदान केन्द्रबाट शान्तिपूर्ण रूपमा जिल्लाभर नै मतदान भईरहेको प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले बताए । अर्घाखाँची जिल्लाभरमा १२ बजे सम्म २३ हजार ७०० मत खसिसकेको प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले जानकारी दिए ।
अर्घा रज्स्थल मावी अर्घाबाट पुर्व उपप्रधानमन्त्री तथा माओवादिका नेता टोपबहादुर रायमाझी, पुर्व राज्यमन्त्री रेवती प्रसाद भुसाल, अर्घाखाँची आवाशिय उमावी बेलबाटीकाबाट पुर्ब मन्त्री मानबहादुर विकले मतदान गरेका छन । कांग्रेस केन्द्रिय सदस्य पुष्पा भुसालले सन्धिखर्कमा रहेको बालमन्दिर मतदान केन्द्रबाट मतदान गर्ने तयारीमा छन ।
जिल्लाबासी सिमसिम पानी परेपनी उत्साहका साथ मतदान गर्न बिहानैदेखी लाईनमा बसीरहेका छन ।