अर्घाखाँचीमा डेढ बजेसम्म ५० प्रतिशत अर्थात ६३३५० मत खस्यो


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत अर्घाखाँची जिल्लामा बुधबार भएको मतदानमा दिउँसो डेढ बजेसम्म ५० प्रतिशत मत खसेको छ । 
जारी रहेको मतदानमा दिउँसो १:३० बजेसम्म करिव ५० प्रतिशत अर्थात ६३३५० जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । अर्घाखाँची जिल्लामा मतदाता संख्या १२६६९९ रहेको छ । 
सन्धिखर्क नगरपालिकामा २४ हजार ६ सय ४२ मध्ये ११ हजार ५ सय ४५ पुरूष र १३ हजार ९७ महिला रहेका छन् ।
सितगंगा नगरपालिकामा १२ हजार ४ सय १४ पुरूष, १२ हजार ७ सय ८७ महिला, भुमिकाथानमा ९ हजार ८ सय ८४ पुरूष र ११ हजार २ सय ३२ महिला मतदाता छन् ।
पाणिनी गाउँपालिकामा ८ हजार ७ सय ६५ पुरूष, ९ हजार ५ सय ४३ महिला, मालारानिमा ८ हजार ८ सय ५५ पुरूष, ९ हजार ८ सय ३२ महिला मतदाता छन् ।
छत्रदेव गाउँपालिकामा ८ हजार ८ सय ३० पुरूष र ९ हजार ९ सय ३० महिला रहेका छन् ।
जिल्लाभरमा पुरुषको तुलनामा ५ हजार ७ सय ११ जना महिला मतदाता बढी छन् । अर्घाखाँची जिल्लामा ३ सय ३२ पदका लागि ११ सय ३५ जना उम्मेदवारहरू चुनावी मैदानमा छन ।
अर्घाखाँचीमा ९३ वटा मतदानस्थल निर्धारण गरिएको छ । जिल्लाको तीनवटा नगरपालिका र तीनवटा गाउँपालिका गरी ६ वटा स्थानीय तहमा ९३ मतदानस्थल निर्धारण गरिएको छ । जस अनुसार सन्धिखर्क नगरपालिकामा १५ स्थल, शितगंगा नगरपालिकामा २४, भूमिकास्थान नगरपालिकामा १७, पाणिनी गाउपालिकामा १४, छत्रदेव गाउपालिकामा ११ तथा मालारानी गाउपालिकामा १२ स्थल कायम भएका छन । 
जिल्ला निर्वाचन कार्यालयले अर्घाखाँची जिल्लामा मौसमले साथ दिएमा ७५ प्रतिशत सम्म मत खस्ने अनुमान गरेको छ ।