सन्धिखर्कको टुँडिखेल केन्द्र (क ) बाट अर्काको नाम मतदान गर्न खोज्ने २ जना युबा पक्राउ

टुँडिखेल केन्द्र ।
अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं १ टुँडिखेल केन्द्र (क ) बाट अर्काको मतदाता परिचय पत्रबाट मतदान गर्न खोज्ने २ जना युबालाई प्रहरीले पक्राउ गरेको छ ।
मतदाता नामावली नभएका ति युवाले दिउसो ३:१५बजे अर्काको मतदाता परिचय पत्रबाट मतदान गर्न खोजेका थिए । टुँडिखेल केन्द्रमा केही समय हल्ला भएको थियो । उनिहरु एमाले समर्थक रहेको बताइएको छ ।    
थुनामा राखिएका ति युवाको नाम खुल्न सकेको छैन् । उनिहरुलाई अनुसन्धान गरि कानुन अनुसार कार्बाही हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अन्य समाचारहरु