खनदहको सुन्धरा प्रावि मतदान केन्द्रमा घाइते नारायण खनाल।
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा स्थित सुन्धरा प्रावि मतदान केन्द्र खनदहमा झडप भएको छ ।
मालारानी गाउँपालिका वडा नम्बर ३ खनदहको सुन्धरा प्रावि मतदान केन्द्रमा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच भएको झडपमा आधा दर्जन भन्दा घाइते भएका छन् ।
घाइते मध्ये माओवादीका कार्यकर्ता तथा अखिल क्रान्तीकारीका नेता नारायण खनालको अवस्था गम्भिर रहेकोले जिल्लामा उपचार हुन नसक्दा सेनाको हेलिकप्टरबाट काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । माओवादीका कार्यकर्ता तथा अखिल क्रान्तीकारीका नेता नारायण खनाल घाइते भएका थिए ।
अर्घाखाँचीडट्कमलाई प्राप्त जानकारी अनुसार खनदहको सुन्धरा प्रावि मतदान केन्द्रमा मतदानको समयमा भएको विवादले उग्र रुप लिएपछि एमालेका कार्यकर्ता कुटपिटमा उत्रिएका थिए ।
झडपले केही समय मतदान प्रर्कियामा अबरोध भएता पनि पुन: शुचारु भएको थियो ।
खनदहको सुन्धरा प्रावि मतदान केन्द्र ।