पाणिनी गाउँपालिकामा स्थानिय निर्वाचनमा ७०.७१% मत खसे, मतगणना शुरु गरिने तयारी

पाणिनी गाउँपालिकाको पाली मतदान केन्द्रमा । 
अर्घाखाँचीडट्कम संवाददाता
पाेखराथाेक, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा शान्तिपूर्ण रुपमा सम्पन्न स्थानिय निर्वाचनमा ७०.७१%  मत खसेको छ । 
जस अनुसार पणेना मतदान केन्द्रमा १३६०, पाेखराथाेक मतदान केन्द्रमा १६४८, खिदिम मतदान केन्द्रमा १७४१, पटाैटि मतदान केन्द्रमा १५४९, मैदान मतदान केन्द्रमा २२१८, धातिबाङ्ग मतदान केन्द्रमा ९४३, अड्गुरी मतदान केन्द्रमा १८८५, पाली मतदान केन्द्रमा १६०३ मत खसेकाे हो । 
पाणिनी गाउँपालिकामा सव‌ैभन्दा धेरै मत खिदिममा र सवै भन्दा कम धातिवाङ्गमा खसेकाे छ । अर्घाखाँचीडट्कमलाई प्राप्त जानकारी अनुसार  अहिले यहाँ सबै मतपेटिका पुगीसकेका छन् । साथै  केही समयमा सर्वदलिय बैठक बसी मतगणना शुरु गरिने बताइएको छ ।