सन्धिखर्क नगरपालिकाको मतगणना आज बिहान ७ बजेबाट शुरु गरिने

सन्धिखर्कमा मतपेटिका ल्याउने क्रममा बुधवार साँझ । 

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकामा शान्तिपूर्ण रुपमा स्थानिय निर्वाचन सम्पन्न भएको छ । 
जिल्लाभर  सम्पूर्ण मतपेटिका केन्द्र-केन्द्रमा आईपुगेका छन् ।  शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, मलारानी गाउँपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिका केन्द्रमा मतगणना शुरु गर्न सर्वदलिय बैठक बसिरहेको छ ।  
सन्धिखर्क नगरपालिकाको मतगणना आज बिहीवार बिहान ७ बजेबाट शुरु गरिने भएको छ । 
जिल्लाभर ८९४९८ अर्थात ७०.६३% मत खस्यो
जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले अर्घाखाँचीडट्कमलाई जनाए अनुसार जिल्लाभर बुधवार सम्पन्न निर्वाचनमा कुल १२६,७१९ मध्ये ८९,४९८  मतदान अर्थात ७०.६३% मत खसेको छ । 
जस अनुसार सन्धिखर्क नगरपालिकामा १७,५७२ मत खसेको छ । जस मध्ये पुरुष ७३८२ र महिला १०,१९० रहेका छन् ।  सन्धिखर्क नगरपालिकामा २४ हजार ६ सय ४२ मध्ये ११ हजार ५ सय ४५ पुरूष र १३ हजार ९७ महिला रहेका छन् ।  
शितगंगा नगरपालिकामा १७,४३७ मत खसेको छ । जस मध्ये पुरुष ७७६१ र महिला ९६७६ रहेका छन् ।   सितगंगा नगरपालिकामा १२ हजार ४ सय १४ पुरूष, १२ हजार ७ सय ८७ महिला रहेका छन् ।  
भूमिकास्थान नगरपालिकामा शान्तिपूर्ण रुपमा सम्पन्न स्थानिय निर्वाचनमा १४,७७७ मत खसेको छ । जस मध्ये पुरुष ५७९०  र महिला ८९८७ रहेका छन् । यहाँ  ९ हजार ८ सय ८४ पुरूष र ११ हजार २ सय ३२ महिला मतदाता छन् ।     
 
जस अनुसार ढाकावाङ मतदान केन्द्रमा ३००६, धारापानी मतदान केन्द्रमा २६५५, असुरुकोट मतदान केन्द्रमा १११४, खिल्जी मतदान केन्द्रमा १६४७, नुवाकोट मतदान केन्द्रमा ३१४०, ढिकुरा मतदान केन्द्रमा १९४३, धन्चौर मतदान केन्द्रमा १६९१ गरी कुल जम्मा १५१९६ मत खसेको हो ।
यस्तै अर्घाखाँचीडट्कमलाई प्राप्त जानकारी अनुसार मलारानी गाउँपालिका  १३,६७२  मत खसेको छ । जस मध्ये पुरुष ५७०७ र महिला ७९६५ रहेका छन् ।   यहाँ  ८ हजार ८ सय ५५ पुरूष, ९ हजार ८ सय ३२ महिला मतदाता छन् ।
छत्रदेव गाउँपालिका  १३,०९४  – ७८ % मत खसेको छ । जस मध्ये पुरुष ५४७१ र महिला ७६२३ रहेका छन् ।   यहाँ छत्रदेव गाउँपालिकामा ८ हजार ८ सय ३० पुरूष र ९ हजार ९ सय ३० महिला रहेका छन् । छ्त्रदेब गाउँ पालिकाको वाड न १: चिदिका जम्मा मत सङ्ख्या १९७७ खसेको मत : १६०५ वाड न २ :चिदिका बल्कोट १४१७ खसेको मत ९७३ वाड न ३ बल्कोट २१४८ खसेको मत १५१८ वाड न ४ केरुङा १७२९ खसेको मत १६९५ वाड न ५ छ्त्रगन्ज २०९७ खसेको मत १४८१ वाड न ६ ठुलापोखरा २६९२ खसेको मत १९१० वाड न ७ भगवती ३०५६ खसेको मत २१२७ वाड न ८ मरेङ अर्घातोष २५१० खसेको मत १७७९ रहेको छ । 
पाणिनी गाउँपालिकामा शान्तिपूर्ण रुपमा सम्पन्न स्थानिय निर्वाचनमा १२,९४६ अर्थात ७०.७१%  मत खसेको छ । जस मध्ये पुरुष ५६८५ र महिला ७२६१ रहेका छन् ।   यहाँ ८ हजार ७ सय ६५ पुरूष, ९ हजार ५ सय ४३ महिला मतदाता छन् ।
जस अनुसार पणेना मतदान केन्द्रमा १३६०, पाेखराथाेक मतदान केन्द्रमा १६४८, खिदिम मतदान केन्द्रमा १७४१, पटाैटि मतदान केन्द्रमा १५४९, मैदान मतदान केन्द्रमा २२१८, धातिबाङ्ग मतदान केन्द्रमा ९४३, अड्गुरी मतदान केन्द्रमा १८८५, पाली मतदान केन्द्रमा १६०३ मत खसेकाे हो । 
पाणिनी गाउँपालिकामा सव‌ैभन्दा धेरै मत खिदिममा र सवै भन्दा कम धातिवाङ्गमा खसेकाे छ ।
जिल्लाभरमा पुरुषको तुलनामा ५ हजार ७ सय ११ जना महिला मतदाता बढी छन् ।