अर्घाखाँचीडट्कम संवाददाता
छत्रदेब, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका लेखनाथ पोख्रेल र उपाध्यक्ष तुलसा देवि श्रेष्ठ विजयी भएका छन् ।
पोखरेल ५ हजार ६ सय ४४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका ऋषिराम अधिकारीले ४ हजार ४ सय ५५ मत ल्याए । गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै तुल्सादेवी श्रेष्ठले ५ हजार ६ सय ५४ मत ल्याएर विजयी भइन् । उनकी प्रतिस्पर्धी एमालेकी मनिषा पन्थीले ४ हजार १ सय ११ मत ल्याएकी छिन् ।
६ स्थानीय तहमध्ये यहाँ मात्रै मतगणना सकिएको हो । चार तहमा प्रमुख पदमा कांग्रेस-माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । छत्रदेवमा तालमेल भएको थिएन । ८ वडा भएको गापामा ६ वडाध्यक्ष कांग्रेस उम्मेदवार विजयी भएका छन् भने २ वडाध्यक्षमा एमाले उम्मेदवार विजयी भए ।
छत्रदेव गाउँपलिका(कुल मतदाता १८,७६१ मा खसेको मत: १३१०३ – ६९.८४% )
प्रमुख
नेपाली कांग्रेस लेखनाथ पोखरेल – ५६४४ मत
एमाले ऋषिराम अधिकारी – ४७५५ मत
माओवादी केन्द्र प्रकाश ज्ञवाली – ७९७ मत
राष्ट्रिय जनमोर्चा हरि न्यौपाने- ४ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी १४५मत
अन्य- ० मत
उपप्रमुख
नेपाली कांग्रेस तुल्सादेवी श्रेष्ठ – ५६५४ मत
एमाले मणि पन्थी – ४४११ मत
माओवादी केन्द्र विष्णुमाया रायमाझी – ९५६ मत
राष्ट्रिय जनमोर्चा कमला आचार्य- ३ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी १३७ मत
अन्य- ० मत
बदर मत: ६ मत
विजयीवार्डअध्यक्ष
१ बाट नेपाली कांग्रेस प्रकाश् राज पन्थी ६५६ मत (बिजयी)
२ वार्डबाट कांग्रेस राजेश कुमार पन्थी ८८६ मत (बिजयी)
३ वार्डबाट नेकपा एमाले तेज प्रसाद खनाल ( विजयी)
५ वार्डबाट कांग्रेस बालकृष्ण श्रेष्ठ (विजयी)
६ वार्डबाट कांग्रेस कमल पौडेल (विजयी)
७ वार्डबाट नेकपा एमाले शाेभाखर पाण्डे ( विजयी)
८ वार्डबाट नेपाली कांग्रेस राज कुमार श्रेष्ठ (बिजयी)