अर्घाखाँचीडट्कम संवाददाता
शितगंगा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा कांग्रेस माओवादी केन्द्र गठबन्धन मेयर र उपमेयरमा विजयी भएको छ ।
गठबन्धनबाट कांग्रेसका मेयर पदका उम्मेदवार सुर्यप्रसाद अधिकारी ८६७७ मत प्राप्त गरी विजयी हुनुभएको हो, अधिकारीका प्रतिद्धन्धी एमालेका बसन्त श्रेष्ठले ६१०२ मत ल्याएका थिए ।
उपमेयर माओवादीका टिका रेश्मीको ७१२८ ल्याई विजयी भएका हुन । रेश्मीका प्रतिद्धन्धी गिता भाटले ६१३३ मत ल्याएका थिए । मेयरमा २५७५ र उपमेयरमा ९९५ मतको अन्तर रहेको छ ।
अधिकारी नेपाली कांग्रेस को १२ र १३ औ महाधिवेशनबाट महासमिती सदस्य भई काम गरेका थिए ।
शितगंगा नगरपालिका (कुल मतदाता २५,१४९ मा खसेको मत: १७,६४६ – ७०.१७% )
मेयर
नेपाली कांग्रेस सूर्यप्रसाद अधिकारी – ८६७७ मत ( विजयी)
एमाले वसन्तकुमार श्रेष्ठ – ६१०२ मत
राष्ट्रिय जनमोर्चा गोविन्द थापा- ४९ मत
अन्य- ० मत
उपमेयर
माओवादी केन्द्र टीका रेग्मी – ७१२८ मत ( विजयी)
एमाले गिता भाट – ६१३३ मत
राष्ट्रिय जनमोर्चा वासमता भट्टराई- ६४ मत
अन्य- ० मत
विजयी वार्ड अध्यक्ष
१ वार्डबाट एमाले बुद्धि कृष्ण पौडेल ( विजयी)
२ वार्डबाट नेकपा एमाले गोबर्धन थापा ( विजयी)
३ वार्डबाट नेपाली कांग्रेस हेमनाथ भुसालको ७०३ मत (विजयी)
४ वार्डबाट नेपाली कांग्रेस दामोदर अधिकारी (विजयी)
५ वार्डबाट नेपाली कांग्रेस कमल पौडेल (विजयी)
६ वार्डबाट माओवादी केन्द्र मणिराम अधिकारीको ( विजयी)
७ वार्डबाट नेपाली काङ्ग्रेस मोहन पन्थी ५७९ मत ( विजयी)
८ वार्डबाट माअाेबादी केन्द्र रुपेस अाले मगर (बिजयी)
९ वार्डबाट माओवादी भीम केसी (बिजयी)
१० वार्डबाट कांग्रेस हिम्मत पोख्रेल (बिजयी)
११ वार्डबाट नेपाली कांग्रेस कपिल अाले (विजयी)
१२ वार्डबाट नेपाली कांग्रेस बाबुराम गैरे (विजयी)