अर्घाखाँचीमा मतगणना जारी, बढीमा सोमबार सम्म पुरा मतगणना सकिने अनुमान

सन्धिखर्कमा मतगणना जारी । 

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा निरन्तर वर्षा भईरहेको छ । वर्षा सँगै शितगंगा नगरपालिका र छत्रदेव गाउँपलिका बाहेक अन्य ४ नगरपालिका र गाउँपालिकामा मत गणना भईरहेको छ । 

मालारानी गाउँपालिका, पाणिनी गाउँपालिकामा आज आईताबार बिहान सम्म पुरा नतिजा आउने अनुमान गरिएको छ। यस्तै भूमिकास्थान नगरपालिकाको पनि आईताबार साँझ सम्म पुरा मतगणना सकिने अनुमान गरिएको छ । 
साथै सन्धिखर्क नगरपालिकाको मतगणनामा ढिलाई भएको देखिन्छ । भने सोमबार बिहान सम्म पुरा मतगणना सकिने अनुमान गरिएको छ । 
देश विदेशबाट अर्घाखाँचीबासी अन्तिम मतगणनाको नतिजा सुन्न आतुर देखिन्छन् । सामाजिक संजालहरुमा यसैको चर्चा बढी देखिन्छ । मतगणना केन्द्रमा बसेका प्रतिनिधि, पार्टी कार्यकर्ताहरुले नतिजा सामाजिक संजाल ट्विटर, फेसबूकबाट आफ्ना साथीहरुलाई जानकारी गराउन पोष्ट गरिरहेका देखिन्छन् । कयौले फेसबूकमा समाचार बनाएर कपि पोष्ट गरेका देखिन्छन् । 
यो स्थानीय निर्वाचन आगामी प्रतिनिधिसभा र प्रदेश चुनावको लागि समेत महत्वपूर्ण मानिएको छ । 
नियमित मत विवरणको लागि यहाँ गएर हेर्न सकिनेछ:-  अर्घाखाँचीमा स्थानिय निर्वाचनको परिणाम विवरण LIVE