नुवाकोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको निर्वाचनमा कांग्रेस- माओवादी गठबन्धनलाई भित्री रुपमा नयाँ शक्ति पार्टिले पनि मतदान गर्न पार्टीबाट निर्देशन भएको खुलासा भएको छ ।
पत्रकार कमल बिष्टसँग नयाँ शक्तिका जिल्ला सचिवालय सदस्य तथा सन्धिखर्क नगरपालिका – १ को उम्मेदवार पूर्ण प्रसाद श्रेष्ठले कांग्रेस- माओवादी गठबन्धनलाई मतदान गरेको बताए ।
सन्धिखर्क नगरपालिकाको मेयरमा नयाँ शक्तिले यमुना भुसाललाई उठाएको थियो । कांग्रेस – माओवादी गठबन्धन यस नगरपालिकाको मेयर – उपमेयर पद जित्ने अनुमान गरिएको छ ।