वार्डबाट पराजित भएपछि कांग्रेस भूमिकास्थान नगरपालिका ९ ढिकुराका सभापतिले राजीनामा दिए

उमेश घिमिरे र घिमिरेले  कांग्रेस जिल्ला सभापतिलाई लेखेको राजिनामा पत्र ।
अर्घाखाँचीडट्कम संवाददाता
ढिकुरा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।   गढ मानिएको वार्डबाट पार्टी पराजित भएपछि कांग्रेस अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका ९ ढिकुराका सभापति उमेश घिमिरेले राजीनामा दिएका छन् ।
ढिकुरामा पार्टीलाई पनि राम्रो नतिजा दिलाउन नसकेको भन्दै उनले नैतिकताका आधारमा राजिनामा दिएका हुन् ।
घिमिरेले राजीनामा दिए पनि आफू जनताको बीचमै हुने बताएका छन् ।  वार्ड उम्मेद्वार गोपाल प्रसाद घिमिरेले आफ्ना प्रतिस्पर्धी एमालेका नारायण प्रसाद खनालसँग पराजित भएका हुन् । 

अन्य समाचारहरु