भुमिकास्थानमा मतगणना सम्पन्न गठबन्धन सफल मेयरमा माओवादीका थापा विजयी, उपमेरमा काग्रेसका बेल्बासे बिजयी

मेयर रेशम थापा ( बाँया) र उपमेयर खडानन्द बेल्वासे (दाँया) ।

कृष्ण परियार
भुमिकाथान, अर्घाखाँची (अर्घाखाँचीडटकम ) अर्घाखाँची जिल्लाको भुमिकाथान नगरपालिकामा कांग्रेस माओवादी गठबन्धन सफल भएको छ । गठबन्धनबाट माओवादीका मेयर पदका उम्मेदवार रेशम थापाको ५३२० मत प्राप्त गरी विजयी भएको हुन थापाका प्रतिद्धन्धी राष्ट्रिय जनमोर्चाका कविराम खनालको ४५४२ र एमालेका पिताम्बर भुसालले ४२५० मत प्राप्त गरेका थिए ।
उपमेयरमा कांग्रेसका खडानन्द बेल्वासे ५२३० मत ल्याई विजयी भएका हुन । 
बेल्वासेका प्रतिद्धन्धी एमालेकि सुनिता बेल्वासेले ४७०१ मत र जनमोर्चाका सकुन्तला रानाले ३५६६ मत प्राप्त गरेकि हुन ।
१० वडामध्ये ४ वडामा एमाले, ४ वडामा जनमोर्चा, एक वडामा कांग्रेस, एक वडामा माओवादीले बिजयि गरेका हुन।
जस्मा:-
भुमिकास्थान न.पा वडा नं ७ अध्यक्षमा नेकपा एमालेका तारा प्रसाद मल्लाको सम्पुर्ण प्यानल विजयी
भुमिकास्थान न.पा वडा नं ८ मा नेकपा एमालेका अध्यक्षमा राजकुमार श्रेष्ठ सम्पुर्ण प्यानल विजयी
भुमिकास्थान न.पा वडा नं ९नेकपा एमालेका अध्यक्षमा नारायणा प्रसाद खनाल सहित सम्पुर्ण प्यानल विजयी
भुमिकास्थान न.पा वडा नं १० मा नेकपा एमालेका अध्यक्षमा खगिश्वर पन्थी सहित सम्पुर्ण प्यानल विजयी
भुमिकास्थान न.पा वडा नं ६ मा अध्यक्षमा नेकपालि काग्रेसका झबिलाल बन्जाडे सम्पुर्ण प्यानल विजयी
भुमिकास्थान न.पा वडा नं. १ मा अध्यक्षमा राष्ट्रिय जनमाेर्चाका भाेजराज खनाल सहित सम्पुर्ण प्यानल विजयी
भुमिकास्थान न.पा वडा नं २ मा राष्ट्रिय जनमाेर्चाका बुद्धि बहादुर थापा सहित सम्पुर्ण प्यानल विजयी
भुमिकास्थान नगरपालिका वडा नम्बर ३ मा अध्यक्षमा माओवादी केन्द्रका बालकृष्ण बन्जाडे विजयी र बाँकी ४ सदस्यहरू राजमोबाट विजयी। माओवादी र सवै सदस्य रा ज मो रनु भएको छ
भुमिकास्थान न.पा वडा नं ४ मा अध्यक्षमा राष्ट्रिय जनमाेर्चाका बाबुराम पन्थी सुनारर्को सम्पुर्ण प्यानल
भुमिकास्थान न.पा वडा नं. ५ मा अध्यक्षमा राष्ट्रिय जनमाेर्चाका तुल्सिराम बेल्बासे सहित सम्पुर्ण प्यानल विजयी भएका छन ।