सन्धिखर्क नगरपालिकाको मेयर – उपमेयर जितेपछि कांग्रेस र माओवादीको संयुक्त विजय जुलुस भिडियो, तस्बिर (सहित)

प्रेम आचार्य र प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको मेयर – उपमेयर जितेपछि नेपाली कांग्रेस र माओवादी गठबन्धनले संयुक्त विजय जुलुस मनाएका छन ।
कांग्रेसबाट मेयरमा निर्वा्चित कमल भुसाल र माओवादिबाट उपमेयरमा निर्वा्चित ठाकुर कुमार विकलाई बधाई दिन कर्याकर्ताको सन्धिखर्क टुडिखेलमा घुईचो लागेको थियो ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका कमल प्रसाद भुसाल र उपमेयर पदमा माओवादी केन्द्रका ठाकुर कुमार बिक निर्बाचित भएका छन् ।
भुसालले ८२३० मत लिएर मेयर पदमा बिजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद श्रेष्ठले ७१२७ मत लिएका छन् ।
यस्तै उपमेयर पदमा माओवादी केन्द्रका ठाकुर कुमार बिक  ७३६५  मत बिजयी भएका छन् ।  उनका प्रतिद्वन्द्वी एमालेका ईश्वरा पोखरेलले ६४०४ लिएकी छिन् ।
सन्धिखर्क नगरपालिकाका १२ वडामध्ये ६ वडा नेपाली कांग्रेसले, ५ वडा एमालेले र १ वडा माओवादी केन्द्रले जितेको छ ।