अर्घाखाँचीलाई पर्यटकीय दृष्ट्रीकोणबाट अगाडी बढाउन सकेमा समग्र जिल्लाको बिकास गर्न सकिने सरोकारवालाहरुको जोड

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची । जिल्लालाई पर्यटकीय दृष्ट्रीकोण बाट अगाडी बढाउन सकेमा समग्र जिल्लाको बिकास गर्न सकिने एक कार्यक्रमका बक्ताहरुले बताएका छन । 
नेपाल चेतना केन्द्र ल्ऋप् अर्घाखाँचीको आयोजना र नेपाल पर्यटन बोर्ड काठमाण्डौको सहयोगमा सन्धिखर्कमा सम्पन्न भएको पर्यटन स्थलको पहिचान र बिकास बिषयक अन्तरक्रिया कार्यक्रममाकमा बोल्ने बक्ताहरुले यस्तो भनाई ब्यक्त गरेका हुन । 
कार्यक्रममा मनतब्य राख्दै सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले राजनितिक लिप्त त्यागेर कार्यक्रममा लाग्नु पर्ने भन्दै यस्ता महान कार्यमा सबैको सहयोग र सर्मथन हुनुपर्ने कुरामा जोड दिनु भएको थियो । 
अन्तरक्रियामा रिपोर्टस क्लबका अध्यक्ष रामकुमार क्षेत्री,शिक्षक मानबहादुर पाण्डे,उद्योग बाणीज्य संघका महासचिब नेत्र भुसाल,पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लेकाली,यातायात ब्यबसायीहरु प्रेम पाण्डे,रामबहादुर बस्नेत,सरोज पौडेल महिला उद्यमी जानका बन्जाडे,लगायतले मन्तब्य राख्नु भएको थियो । भने अधिबक्ता जगनाथ भुसालले कार्यपत्र पेस गर्नु भएको थियो । कार्यक्रम संस्थाका संयोजक नेत्र मरासीनिको सन्चालनमा सम्पन्न भएकोे थियो ।