अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची असार २० । नेकपा एमाले अर्घाखाँचीले असार १४ गते सम्पन्न स्थानीय तह निर्वाचनमा खटिएका सबै पक्षलाई धन्यवाद दिएको छ ।
एमालेले निष्पक्ष, स्वतन्त्र र धाँधली रहित वातवरणमा निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन, जिल्ल्ला प्रहरी कार्यालय, सञ्चारमाध्यम लगायतका सबै पक्षलाई धन्यवाद दिएको हो । एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले विज्ञप्ति प्रकाशित गर्दै निर्वाचन सम्पन्न गराउने देखि लिएर मत परिणाम सार्वजनिक गर्दा सम्म अहोरात्र खट्ने कर्मचारी प्रति अभार प्रकट गर्नुभएको छ । एमालेले एकल चुनावी मैदानमा होमिदा पनि पार्टीले सम्मान जनक मत प्राप्त गर्न सफल भएको निष्कर्ष निकालेको छ ।
गठवन्धका कारण अधिकांश ठाउँमा पराजय भोग्नु परेको भएपनि पार्टीगत मतको हिसावले अधिकांश स्थानीय तहमा अघि देखिएको छ विज्ञप्तिमा भनिएको छ, निर्वाचनको दौरानमा खटिने पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुलाई धन्यवाद दिएको छ ।
एमालेले पार्टीका सम्पूर्ण विजयी उम्मेद्वारहरुलाई विज्ञप्ति मार्फत बधाइ समेत दिएको छ । जनताको पक्षमा निरन्तरका काम गरि सबैको विश्वास जित्न पार्टीले विजयी उम्मेद्वारहरुलाई आग्रह गरेको छ ।