अर्घाखाँचीका ६ वटा स्थानिय तहको सबै नतिजा सार्बजनिक नाम सहित हेर्नुहोस


श्याम घिमिरे
 सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका ६ वटा स्थानिय तह को  सबै नतिजा सार्बजनिक भएको छ । अन्तीम नतिजा  अनुसार नेपाली काँग्रेसले २ नगरपालीका र २ गाँउपालीका गरी ४ वटा पालीकामा बिजयी हासील गरेको छ त्यस्तै नेकपा एमालेले १ गाँउपालीका र माओबादी केन्द्रले १ नगरपालीकामा बिजयी हासील गरेका छ । कुल ६१ वटा वडाहरु रहेका ६ पालीकामा  नेपाली कांग्रेसले २५, नेकपा एमालेले २५, माओवादी केन्द्रले ७ र राष्ट्रिय जनमोर्चाले ४ वटा वडाहरुमा  जित हासील गरेका छन । 
यसै बिच जिल्लाको सदरमुकाम तथा  प्रमुख केन्द्र बिन्दुको रुपमा रहेको सन्धिखर्क नगरपालीकामा नेपाली काँग्रेस र माओबादी केन्द्र गठबन्धनका मेयर र उपमेयर पदमा  बिजयी हुनु भएको छ । गठबन्धनबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार कमल प्रसाद भुसाल ८२३० मत प्राप्त गरी बिजयी हुनु भएको हो । भुसालका प्रतिद्धन्दी एमालेका कृष्ण प्रसाद श्रेष्ठले ७१२७ मत ल्याउनु भएको थियो । त्यस्तै उपमेयरमा माओबादी केन्द्रका ठाकुर कुमार बिकले ७३६५ मत ल्याई बिजयी हुनु भएको हो । बिकका प्रतिद्धन्दी एमालेकी ईश्वरा पोख्रेलले ६४०४ मत ल्याउनु भएको हो । जसमा मेयरमा ११०३ र उपमेयरमा ९६१ मतको अन्तर रहेको छ । त्यस्तै
 
सितगंगा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र  गठबन्धनका मेयर र उपमेयर पदमा विजयी हुनु भएको छ । गठबन्धनबाट कांग्रेसका मेयर पदका उम्मेदवार सुर्यप्रसाद अधिकारी ८६७७ मत प्राप्त गरी विजयी हुनु भएको छ । अधिकारीका प्रतिद्धन्धी एमालेका बसन्त श्रेष्ठले ६१०२ मत ल्याउनु भएको थियो । त्यस्तै उपमेयरमा  माओवादीका टिका रेश्मीले ७१२८ मत ल्याई विजयी  हुनु भएको छ  । रेश्मीका प्रतिद्धन्धी एमालेकी गिता भाटले ६१३३ मत ल्याउनु भएको हो । मेयरमा २५७५ र उपमेयरमा ९९५ मतको अन्तर रहेको छ । त्यस्तै 
छत्रदेव गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसबाट अध्यक्षमा लेखनाथ पोख्रेलले ६१६७ मत र उहाँका प्रतिद्धन्धी रिषी अधिकारीले ५०६५ मत ल्याउनु भएको हो । उपाध्यक्षमा कांग्रेसकी तुल्सा देवी श्रेष्ठले ६१९० मत ल्याउनु भएका छ, उहाँकी प्रतिद्धन्धी एमालेकी मनिषा पन्थीको ४६१६  मत आएको थियो । सो पालीकामा अध्यक्षमा ११०२ र उपाध्यक्षमा १५६५ मतको अन्तर परेको छ । त्यस्तै 
पाणिनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अच्युत गौतमले ५९७७ र उपाध्यक्षमा नेकपा एमालेकी लक्ष्मी गौतमले ५५४७ मत प्राप्त गरि विजय हुनु भएको छ । उहाँहरुका प्रतिस्प्रधी जिवनारायण कोईरालाले ५४८५ र नेकाकी अम्विका पोख्रेलले ५४१२  मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत ध्रुवराज भुसालले जानकारी दिनु भएको छ । ८ वटा बडा रहेको उक्त गाउँपालिकामा ४ वटा वडामा एमाले र ४ वटा वडामा नेपाली कांग्रेसले बिजय प्राप्त गरेको छ ।  त्यस्तै
मालारानी गाँउपालीकाको अध्यक्षमा नेकपा एमालेका बालकृष्ण आचार्यले ६५०३ र उपाध्यक्षमा एमालेकै प्रमिला क्षेत्रीले ६५२२ मत प्राप्त गरी बिजयी हुनुभएको छ । उहाँहरुका प्रतिद्धन्दी माओबादी काँग्रेस गठबन्धनका अध्यक्ष पदका उमेद्वार पदम क्षेत्रीले ५५०४ र उपाध्यक्ष पदकी उमेद्वार शान्ता खनालले ५२१० मत प्राप्त गर्नु भएको हो । ९ वटा वडाहरु रहेको उक्त पालीकामा  ६ वटा वडामा एमाले र ३ वटा वडामा माओबादी केन्द्रले जितेको हो । यस्तै
भुमिकास्थान नगरपालीकाको मेयर पदमा नेकपा माओबादी केन्द्र र नेपाली काँग्रेस गठबन्धनका रेशम थापाले ५३२० मत र उपमेयरमा गठबन्धनकै खडानन्द बेल्बासेले ५२३० मत प्राप्त गरी बिजयी हुनुभएको छ । उहाँहरुका प्रतिद्धन्दी राजमोका मेयर पदका उमेद्वार कबिराम खनालले ४५४२ मत प्राप्त गर्नु भएको छ भने एमालेको तर्फबाट मेयर पदका उमेद्वार पिताम्बर भुसालले ४२५० मत प्राप्त गर्नु भएको हो । त्यस्तै उपमेयरमा एमालेकी सुनिता बेल्बासेले ४७०१ मत र राजमोकी सकुन्तला रानाले ३५६६ मत प्राप्त गर्नु भएको छ । १० वटा वडाहरु रहेको उक्त पालीकामा राजमोले ४, एमालेले ४, माओबादी केन्द्रले १ र नेपाली काँग्रेसले १ वडामा बिजयी हासील गरेको छ ।
जिल्लामा नेपाली कांग्रेसले  विजयी हासिल गरेका वडाहरु 
१. सन्धिखर्क नगरपालिका वडा नं. १२, डिर्भना नारायण खड्का ।
२. सितगंगा नगरपालिका वडा नं. ३, हेमनाथ भुसालको  प्यानल सहित ।
३. सितगंगा नगरपालिका वडा नं. ४, दामोदर अधिकारी  प्यानल सहित ।
४. सितगंगा नगरपालिका वडा नं. ५, जुकेना कमल पौडेल  प्यानल सहित ।
५. सितगंगा नगरपालिका वडा नं. १०, हिम्मत पोख्रेल ।
६. सितगंगा नगरपालिका वडा नं. ११, कपिल आले प्यानल सहित ।
७. सितगंगा नगरपालिका वडा नं. १२, बाबुराम गैरे प्यानल सहित ।
८. पाणिनी गाउँपालिका  वडा नं. १, शालिकराम भट्टराई प्यानल सहित ।
९. पाणिनी गाउँपालिका वडा नं. २, नेत्रप्रसाद भट्टराई प्यानल सहित ।
१०. छत्रदेव गाउँपालिका वडा नं. १, चिदिका प्रकाशराज पन्थी  ।
११. छत्रदेव गाउँपालिका वडा नं. २, राजेशकुमार पन्थी  ।
१२. छत्रदेव गाउँपालिका वडा नं. ८, राजकुमार श्रेष्ठ  ।
१३. छत्रदेव गाउँपालिका वडा नं. ५, छत्रगन्ज, बालकृष्ण श्रेष्ठ प्यानल सहित   ।
१४. छत्रदेव गाउँपालिका वडा नं. ६, ठुलापोखरा कमल पौडेल प्यानल सहित  ।
१५. छत्रदेव गाउँपालिका वडा नं. ४, केरुङ्गामा अशोककुमार श्रेष्ठ ।
१६. सन्धिखर्क नगरपालिका वडा नं. ३     लिला गौतमको प्यानल ।
१७. सितगंगा नगरपालिका वडा नं. ७  जलुकेमा        मोहन पन्थी ।
१८. पाणिनी गाउँपालिका ६ धातिवाङ्ग       शुभबहादुर सारु प्यानल सहित ।
१९. सितगंगा नगरपालिका वडा नं. १४ सिमलपानीमा      दामोदर न्यौपाने ।
२०. सन्धिखर्क नगरपालिका वडा नं. ४,       कृष्ण श्रेष्ठ बिजयी ।
२१. पाणिनी गाउँपालिका वडा नं.   ४, पटौति , थानेश्वर घिमिरे बिजयी ।
२२. सन्धिखर्क नगरपालिका वडा नं. ५,  राजेन्द्र भुसालको प्यानल बिजयी ।
२३. भुमिकास्थान नगरपालिका वडा नं. ६, खिल्जीमा  झबीलाल बन्जाडे  बिजयी ।
२४. सन्धिखर्क नगरपालिका वडा नं. ६,  नरपानीमा कृष्ण आचार्य बिजयी ।
२५. सन्धिखर्क नगरपालीका वडा नं. ७ खाँचीकोटका पृतम बहादुर थापाको प्यानल बिजयी ।
जिल्लामा नेकपा एमालेले  विजयी हासिल गरेका वडाहरु 
१. छत्रदेव गाउँपालिका वडा नं.   ७, भगवती शोभाखर पाण्डे विजयी ।
२. मालारानी गाउँपालिका वडा नं. १, मरेङ  बालकृष्ण आचार्य प्यानल सहित ।
३. मालारानी गाउँपालिका वडा नं. २, अर्घातोष  बिनोद भुसाल प्यानल सहित ।
४. मालारानी गाउँपालिका वडा नं. ८, हंसपुर  नरेन्द्र वस्नेत प्यानल सहित ।
५. पाणिनी गाउँपालिका वडा नं. ८, पाली  मिनराज आत्रेय प्यानल सहित ।
६. सन्धिखर्क नगरपालिका वडा नं. १, सन्धिखर्क  युवराज वन्जाडे प्यानल सहित ।
७. भुमिकास्थान नगरपालिका वडा नं. १०, धनचौर  खगेश्वर पन्थी प्यानल सहित ।
८. सितगंगा नगरपालिका वडा नं. १, सुवर्णखाल  बुद्धिकृष्ण पौडेल प्यानल सहित ।
९. सितगंगा नगरपालिका वडा नं. २, सीतापुर  गोवद्र्धन थापा प्यानल सहित ।
१०. छत्रदेव गाउँपालिका वडा नं. ३, केरूङा, बल्कोट  तेजप्रसाद खनाल प्यानल सहित ।
११. मालारानी गाउँपालिका वडा नं. ७, बामरूक  खड्क प्रसाद भुसाल प्यानल सहित ।
१२. सन्धिखर्क नगरपालिका वडा नं. २, सन्धिखर्क  मोतिजंग रायमाझी  प्यानल सहित ।
१३. पाणिनी गाउँपालिका वडा नं. ७, अडगुरी गुनाखर अधिकारी प्यानल सहित ।
१४. भुमिकास्थान नगरपालिका वडा नं. ९, ढिकुरा नारायण प्रसाद खनाल प्यानल सहित ।
१५. सन्धिखर्क नगरपालिका वडा नं. ११, डिर्भनामा धुर्वराज आचार्य ।
१६. मालारानी गाउँपालिका वडा नं. ३, जिवन चौहान प्यानल सहित ।
    १७. भुमिकास्थान नगरपालिका वडा नं. ८  कुमार श्रेष्ठ सम्पुर्ण प्यानल सहित बिजयी ।
१८. सितगंगा नगरपालिका वडा नं. १३, सिमलपानी दुर्गा विसी ।
१९. सन्धिखर्क नगरपालिका वडा नं. १०, लक्ष्मीनारायण चुदालीको प्यानल बिजयी ।
२०.मालारानी गाँउपालीका वडा नं. ४, बिष्णुप्रसाद पोख्रेलको प्यानल बिजयी ।
२१. पाणिनी गाउँपालिका वडा नं.  ३, खिदिम देबि बहादुर केसी को प्यानल बिजयी ।
२२. पाणिनी गाउँपालिका वडा नं.  ५, मैदान जिबलाल घिमिरे को प्यानल बिजयी ।
२३. सितगंगा नगरपालिका वडा नं. ६, रिषी रेश्मी बिजयी ।
२४. भुमिकास्थान नगरपालिका वडा नं. ७, तारा मल्लको प्यानल बिजयी ।
२५.सन्धिखर्क नगरपालीका वडा नं. ८, ईश्वरी प्रसाद भुसालको प्यानल बिजयी ।
जिल्लामा माओवादी केन्द्रले विजयी हासिल गरेका वडाहरु 
१. सितगंगा नगरपालिका वडा नं. ८, रुकेश आले मगर  ।
२. सितगंगा नगरपालिका वडा नं. ९, भिम केसी  ।
३. मालारानी गाउँपालिका वडा नं. ९, फनबहादुर पुन  । १ महिला सदस्य एमाले ।
४. भुमिकाथान नगरपालिका वडा नं. ३, बालकृष्ण बन्जाडे । ४ सदस्य राजमो बिजयी ।
५. मालारानी गाँउपालीका वडानम्बर. ६, नारायण अर्याल को प्यानल बिजयी ।
६. मालारानी गाँउपालीका वडानम्बर. ५, शोभाखर भुसालको  बिजयी ४ सदस्य एमाले ।
७.सन्धिखर्क नगरपालीका वडा नम्बर ९, अर्घामा  देबबहादुर रायमाझी को प्यानल बिजयी ।
जिल्लामा राष्ट्रिय जनमोर्चाले  विजयी हासिल गरेका वडाहरु 
१. भुमिकास्थान नगरपालिका वडा नं. १ मा भोजराज खनाल प्यानल सहित विजयी ।
२. भुमिकास्थान नगरपालिका वडा नं. २ मा बुद्धि बहादुर थापा प्यानल सहित विजयी ।
३. भुमिकास्थान नगरपालिका वडा नं. ४ मा बाबुराम पन्थी सुनारको प्यानल बिजयी ।
४. भुमिकास्थान नगरपालिका वडा नं. ५ असुरकोटमा तुल्सीराम बेल्बासे को प्यानल बिजयी ।