राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्धारा धन्यबाद ज्ञापन


श्याम खनाल 
सन्धिखर्क, अर्घाखाँची ।     राष्ट्रीय जनमोर्चा  अर्घाखाँचीले यहि असार १४ गते सम्पन्न स्थानीय तह दोस्रो चरणको निर्वाचनमा खटिएका सबै पक्षहरुलाई धन्यवाद तथा आभार प्रकट गरेको छ । 
राजमोले  निष्पक्ष, स्वतन्त्र र धाँधली रहित वातवरणमा निर्वाचन सु सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, सम्पुर्ण राष्ट्रसेबक  कर्मचारीहरु, सुरक्षा निकायका सम्पुर्ण अंगहरु, सबै सञ्चारमाध्यमहरु , निर्वाचनमा खटीएका पर्यबेक्षकहरु लगायतका सबै पक्षलाई  धन्यवाद  दिएको छ  । 
राष्ट्रीय जनमोर्चाका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष झबिलाल थापाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै  निर्वाचन सम्पन्न गराउन देखि लिएर मत परिणाम सार्वजनिक गर्दा सम्म अहोरात्र खट्ने पार्टीका सम्पुर्ण नेता  कार्यकर्ता ,मतदाताहरु, देश बिदेशमा रहेका शुभचिन्तकहरु प्रति अभार प्रकट गर्नुभएको छ ।  
राजमो एकल रुपमा चुनावी  मैदानमा होमिदा पनि सम्मान जनक मत प्राप्त गर्न सफल भएको भन्दै गठवन्धका कारण केही स्थानमा पराजय भोग्नु परेको भएपनि  मतको हिसावले राजमो अर्घाखाँचीमा शसक्त शक्तिको रुपमा स्थापित भएको  विज्ञप्तिमा भनिएको छ । । राजमोले पार्टीका सम्पूर्ण विजयी उम्मेद्वारहरुलाई विज्ञप्ति मार्फत बधाई एवं सफल कार्यकालको  शुभकामना समेत दिएको छ ।
 साथै आगामी दिनहरुमा जनताको पक्षमा निरन्तर काम गरि सबैको विश्वास जित्न पार्टीले विजयी उम्मेद्वारहरुलाई आग्रह  गर्दे जनताको पक्षमा निरन्तर लागी रहने प्रतिबद्धता समेत ब्यक्त गरेको छ ।