सन्धिखर्क नगरपालिकाका मेयर र उपमेयरले कार्यभार समाले

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसाल र  उपमेयर ठाकुर कुमारले कार्यभार समालेका छन् । भुसालले पूजाआजा गरेर बुधबारबाट कार्यभार सम्हालेका थिए ।
सन्धिखर्क नगरपालिकाकाका कर्मचारीहरुले उनिहरुलाई फुलमाला लगाई स्वागत गरेका थिए ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भुसालले ८२३० मत लिएर मेयर पदमा बिजयी भएका थिए । यस्तै उपमेयर पदमा माओवादी केन्द्रका ठाकुर कुमार बिक  ७३६५  मत बिजयी भएका थिए ।
वार्ड संख्या १२ रहेको सन्धिखर्कका मेयरले मासिक तलब ३५ हजार रुपैया र उपमेयर ३० हजार र वडाध्यक्षलाई १५ हजार पाउने छन् । उता जिल्लाका गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षले क्रमश: ३०, २५ र १५ हजार पारिश्रमिक पाउने छन् ।
सन्धिखर्क नगरपालिकाको १ वार्डबाट एमाले युबराज बन्जाडे, २ वार्डबाट एमाले मोतिजंग रायमाझी वन्जाडे, ३ वार्डबाट नेपाली कांग्रेस लिला गौतम, ४ वार्डबाट नेपाली कांग्रेस कृष्ण प्रसाद श्रेष्ठ, ५ वार्डबाट नेपाली कांग्रेस राजेन्द्र भुसाल, ६ वार्डबाट नेपाली कांग्रेस कृष्ण बहादुर आचार्य, ७ वार्डबाट नेपाली कांग्रेस पृतम थापा, ८ वार्डबाट नेकपा एमाले इश्वरी प्रसाद भुसाल, ९ वार्डबाट माओवादी केन्द्रका देवी बहादुर रायमाझी, १० वार्डबाट नेकपा एमाले लक्ष्मी नारायण चुदाली, ११ वार्डबाट नेकपा एमाले धुर्वराज आचार्य र १२ वार्डबाट नेपाली कांग्रेस नारायण खड्काले जितेका थिए ।