अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं ८ का मृगौला पिडित बिकास शाहीलाई विदेशमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन्।
सन्धिखर्क १० बेल्टारी जन्म भै हाल इजरायलमा रोजगारी बस्नुहुने युबराज थापाको सक्रियतामा संकलन गरेको रु ७ लाख ४५ हजार आज बिहीवार हस्तान्तरण गरिएको हो । संकलित रकम थापाकी आमा बिष्णु कुमारी थापाले पिडित बिकासलाई हस्तान्तरण गरेकी थिईन् ।
युबराज थापाले अर्घाखाँचीका कयौ आर्थिक अवस्था कमजोर भई उपचार गर्न नपाएका मानिसहरुलाई अभियान चलाएर आर्थिक सहयोग गर्दै आएका छन् ।