पाणिनी गाउँपालिका १ पणेनामा स्टेचर सहयोग, सेवाशुल्क नलिने घोषणा

तस्वीर अर्जुन पोखरेल/पणेना अर्घाखाँची
पाणिनी, अर्घाखाँची (अर्घाखाँची डटकम) पाणिनी २०७४ असार २४ सनिवार । नेपाल अधिराज्यमै यातायातको विकासमा अग्र स्थानमा रहेको अर्घाखाँची जिल्लाका कयौँ गाँउ यस्ता पनि छन जहाँ यातायात र विद्युत सेवाको लागी घण्टौँ पैदल यात्रा गर्न जनता विवस छन । शहरी र राजनीतिक भाषामा झट्ट सुन्दा सुगम भनिएको भएता पनि हिउद महिनामा घर घर वाईक पुग्ने मौसमी सडक संजालले छोएका कयौँ वस्तीमा असार देखी भदौ सम्म सवारी साधन पुग्न नसक्ने कयौँ स्थान छन । वर्षायामले कच्चीसड़क अबरुद्ध हुनेहुदा स्थानीय तहमा आकस्मिक सेवाको लागी प्राचीन साधन मानिने स्टेचरको आवश्यक पर्ने अवस्था देशका कयौँ वस्तीमा अझैपनि व्यापक छ । आज पनि डोको काटेर वा तन्ना वेरेर विरामी वोक्न वाध्य छन भन्दा हाँसो लाग्न सक्छ तर स्थानिय स्तरमा यस्ता समस्या समस्त छन ।
यस पाणिनी गाँउपालीका वडा नं ५ भर्तापुर आज पनि सड़क र विद्युत संजाल सपना जस्तै छ । यो त एक प्रतिनिधी उदाहरण मात्र हो यस्ता उदाहरण देशभर व्यापक नै छन । दुई दशक पछि जनप्रतिनिधी पाएका स्थानीय तहमा अवका दिन कस्ता हुन्छन त्यों समय आफै वताउने छ ।
स्थानिय तह निर्बाचनमा प्रदेश नं ५ अर्घाखाँची दक्षिण पुर्वी पाणिनी ऋषिको तपोभूमी रहेको पणेना गाविस हाल पाणिनी गाउपालिका वडा नं १ नाममा नामांकन छ । यस गाँउ पालिकामा वामपन्थी र गैह्र वामपंथी विचको टकराव विच गाँउ पालीकामा दुवैको प्रायः समान प्रतिनिधित्व रहेको छ । यस स्थानीय तहको अध्यक्ष सहित चारवटा वडामा जित्न सफल पार्टी नेपाली काङ्ग्रेसका पणेनाका युवाहरुले पाणिनी गाउँ पालिका वडा नं १ पणेनाका जनताको स्वस्थ्य सेवामा प्राथमिक उपचार गर्न सहयोग पुर्याउने उद्देश्यले मानवीय सेवामा समर्पित रहदै गाँउको जनतालाई सेवा गर्नकै लागि नि:शुल्क स्टेचर सौजन्य गरेका छन ।
“सेवा नै धर्म हो” भन्ने मानसिकता लिएर सामाजिक कार्यबाट प्रेरित युवा नेताहरु अर्जुन पोखरेल , घनश्याम पोखरेल , बिष्णु पोखरेलको अग्रसरतामा पाणिनी गाउँ पालिका वडा नम्बर एकका सम्पुर्ण जनताले नि:शुल्क प्रयोग गर्न पाउने गरि स्टेचर सौजन्य गरिएको युवा नेता तथा पणेना-काठमाण्डौ सम्पर्क सदनका सचिब अर्जुन पोखरेलले अर्घाखाँची डटकम अमेरिका व्युरो डिआरजी सुमनलाई बताएका छन ।
मानवीय सेवामा समर्पित रहदै सामाजिक कार्यबाट सम्पुर्ण युवाहरुलाइ प्रेरित गर्नको लागि सामाजिक कार्यको शुरुवातको रुपमा स्टेचर प्रदान गरिएको जनाउदै निकट समयमा सड़क स्तर उन्नतीसँगै पणेनामा एम्बुलेन्सको लागि पहल गर्ने र अवका दिनमा पणेना र पाणिनीवाँसी कसैले पनि प्राथमिक तथा आकस्मिक उपचारको अभाबमा ज्यान गुमाउन बाध्य हुन नपरोस भन्ने उदेश्यले यस्तो कार्यमा गरीरहेको जानकारी दिएका छन ।
स्थानियतालाई मध्यनजर गर्दै यथाशिघ्र पाणिनी गाउँ पालिकामा शुबिधा सम्पन्न अस्पतालको निर्माणको लागि पनि पहलस्वरुप सम्वन्धित निकायमा छलफल समेत सुरु गर्न समेत आफु लागी परेको पोखरेलले जनाएका छन । वर्तमान समयमा स्थानिय तहमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र तथा अस्पताल नभएको यस क्षेत्रमा ढोर पाटन सड़क तथा कयौँ हुलाकी सड़कले छोएको भएता पनि वर्षायाममा नियमित यातायात संचालन नहुने हुदा पुर्व दक्षिण अर्घाखाँचीमा कयौँ नागरिक अकालमै ज्यान गुमाउन वाध्य छन ।
 यहाका जनताले आजसम्म प्राथमिक उपचार वाहेकका सवै उपचारको लागी पाल्पा,बुटबल,काठमाण्डौ धाउनु पर्ने बाध्यता 
यथावत छ । जिल्ला तथा राष्ट्रीय मुल धारकै राजनितीक नेतृत्वमा दखल राख्ने हैशियत भएका पाणिनीका नेताहरु पनि स्थानीय समस्या समाधानमा आज सम्म कम लागेको स्थानीय वाँसीको गुनासो रहदै आएको छ । आगामी समयमा यस क्षेत्रमा यस्ता यावत समस्यावाट मुक्त राख्दै पुर्ण सुविधा सम्पन्न पाणिनीको विकासका लागी सर्व प्रथम पाणिनी १ पणेनाका साबिकका सवै वार्डहरुमा सामाजिक स्वयमसेवक समिती पनि गठन गर्ने तयारी गरिरहेको पनि जानकारी अर्जुन पोखरेलले वताएका छन ।