छत्रदेव गाउँपालिकाको केरुङामा गहना व्यापारी १० तोला भन्दा बढी सुन लिएर फरार

बिष्णु भनिने रन बहादुर सुनार व्यापारी  । 
अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको केरुङामा गहना पसल गर्ने व्यापारी १० तोला भन्दा बढी सुन लिएर फरार भएका छन् । 
गुल्मी जिल्लाको रेसुङा नगरपालिका वार्ड नम्बर १४ पराम्लीका बिष्णु भनिने रन बहादुर सुनारले हाल छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ केरुङाको अम्राईमा सुन पसल गर्दै आएका र स्थानियबासीले बनाउन दिएको १० तोला भन्दा बढी सुन लिएर फरार भएका हुन् । 
केरुङाका ऋषि खनालले अर्घाखाँचीडट्कमलाई बताए अनुसार ३५ वर्षिय सुनारले उनीसँग २ तोला, बिष्णु पराजुली १.५ तोला लगायत फरक-फरक स्थानीयबासीसँग २०, २५ लालका दरले करिब १० तोला भन्दा बढी सुन लगेर फरार भएका छन् ।
सुनारले लामो समयसम्म स्थानियबासीका गहना बनाएर दिनुको सट्टा बिभिन्न बहाना बनाई आलटाल गर्दै आएका थिए । उनिले कहिले गुल्मीका फरक फरक ठाउँमा भेट्न बोलाउने र बोलाएको ठाउँमा नजाने गर्दै आएका थिए ।   
ऋषि खनालले उनी विरुद्द जिल्ला प्रशासन कार्यालय गुल्मीमा उजुरी दिएका छन् ।