छत्रदेव गाउँपालिकाकाे ढिकुरामा सडक निर्माण तिव्र रुपमा हुँदै


सागर बेल्बासे
छत्रदेव, अर्घाखाँची आषाढ  २५, २०७४ । कृषिको लागि अर्घाखाँची जिल्ला कै मुख्य गाउँ छिमेकी जिल्लाकाे सदरमुकामलाई ७० % तरकारी बालीले धानेकाे अर्घाखाँची छत्रदेव गाउँपालिका -७ ढिकुरामा अहिले सडक निर्माण दाेहाेराे रुपमा चलिरहेको छ। 
हुन त मटर बाटाे पुगेको १५ बर्ष पुगे पनि राम्रो गेरेड् मिलेकाे बाटो नहुनाले त्यहाँका जनताले सास्ती भाेगि रहेका थिए । २०७३/०७४ काे बजेटले सन्धिखर्क ठुलापाेखरा छत्रगजं ढिकुरा हुँदै तम्घास जाेड्ने मोटरबाटाे निर्माण सुरु भएकाे छ। कुल दुई करोड काे लागतमा निर्माण अहिले साबिक भगवती -५ मा काम भईरहेकाे छ। 
उता अर्को शीर्षक देउराली भुस्काता हुँदै ढिकुरा जाेड्ने सडककाे पनि निर्माण कार्य चलिरहेको छ । तर त्यस बाटाेलाई रकम अभाव हुने पनि देखिएकाे छ। कुल १० लाख रुपैयाँको लागतमा सुरु भएको सडक निर्माणमा कुल ४,९६००० रुपैयाको माटाे कटिङ् बाँकीकाे ग्याविन् जालि इस्टुमेटमा रहेकाे हुनाले रकम नपुग्ने साे बाटाे निर्माण समितिका अध्यक्ष टाेपलाल पाण्डेले जानकारी दिनुभयो । 
यदि साे बाटोमा रकम अभाव भै निर्माण कार्य हुन नसकेमा ढिकुराबासी पहिला भन्दा झन बचित हुने देखिएकाे छ। समयमै सरकारवालाकाे ध्यान गई साे मोटरबाटाे पुरा भन्ने स्थानियबासीको गुनासो रहेको देखिन्छ ।