विप्लब कम्युनिष्ट पार्टीद्वारा भोली अर्घाखाँची बन्दको आव्हान

जनताको लागि बन्द भन्नुहुन्छ, जनतासँग बन्द गरौ कि नगरौं भनेर कहिल्यै सोध्नु भाछ ? नेकपा बिप्लपका जिल्ला नेता सुमनसँग कमल विष्टले गरेको संवाद ।। 
कमल बिष्ट
सन्धिखर्क, अर्घाखाँची  (असार २६, २०७४ ) ।  नेपाल कम्युनिष्ट पार्टी विप्लबले भोली (यहि २७ गते) अर्घाखाँची बन्दको आव्हान गरेको छ ।
देशले नयाँ संविधान पायो र संविधान कार्यान्वयनको लागि २ नम्बर प्रदेश बाहेकका अन्य प्रदेशमा पहिलो र दोस्रो चरण गरि स्थानीय तहको निर्वाचन सम्पन्न समेत भैसक्दा सो निर्वाचनमा दलगत सहभागी नजनाएको राजपाको स्वर स्थानीय तह देखि केन्द्र सम्म सुनियो र सरकारले पनि बडो चासोका साथ सुनेको पाइयो तर यहि संविधान र निर्वाचनको विषय लाई लिएर असन्तुष्ट बिप्लपले नेतृत्व गरेको अर्को दल नेपाल कम्युनिस्ट पार्टीले समेत बिरोधका स्वरहरु बारम्बार सुनिने गरेको छ यसैको बिरोध स्वरुप नेपाल कम्युनिष्ट पार्टी विप्लबले भोली (यहि २७ गते) अर्घाखाँची बन्दको आव्हान गरेको हो ।
एक विज्ञप्ती जारी गर्दै जिल्ला इन्चार्ज सुमन ज्ञवालीले जिल्लाका सम्पुर्ण उद्योग, व्यापार, यातायात, शिक्षण संस्था हरु बन्दको आव्हान गर्दै गरी सहयोग पुर्‍याउनुहुन प्रेस बिज्ञप्ती मार्फत  अनुरोध समेत गरेको छ ।