जिल्ला अस्पताल सन्धिखर्कमा सल्यान बस दुर्घटना घाईतेको उपचार हुदै

घनश्याम पौडेल हिन्दुखबर
सन्धिखर्क, अर्घाखाँची, २६ असार । सल्यानको त्रिवेणी गाउँपालिका ५ स्थित टुनिबोट र सल्लेखोलकाको विचमा २५ गते विहान भएको वस दुर्घटनामा परी घाईते भएका ८ जनाको उपचारका लागी जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईएको छ ।
नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लैजाने भनिएकोमा दिनभरको मौसमका खराबीका कारण काठमाडौं लैजान नसकी अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क ल्याईएको हो ।
दाङको घोराहीबाट रुकुमका लागि छुटेको ना ४ ख ५७५४ नम्बरको बस त्रिवेणी गाउँपालिका ५ स्थित टुनिबोट र सल्लेखोलाको विचमा सडकबाट करिब दूई सय मिटर तल खसेको घाईतेहरुले बताए ।
२४ वर्षिय रुकुम जिल्ला निवासी अस्मिता विक, सल्यान जिल्ला ३६ वर्षिय भुमा केसी र दाङ्ग जिल्ला २८ वर्षिय चन्द्रामणि खत्री भैरहवा रिफर गरिएको जिल्ला अस्पतालका डा. जगन्नाथ तिवारीले बताए ।
घाईतेहरु रुकुम जिल्ला निवासी १० वर्षिय दिपा ओली, रुकुम जिल्ला ३२ वर्षिय प्रशराम ओली, रुकुम जिल्ला २८ वर्षिय यमकुमारी ओली, रोल्पा जिल्ला ३८ वर्षिय मस्तबहादुर खड्का, रुकुम जिल्ला ३४ वर्षिय निराजन खड्काको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भईरहेको छ ।
घाईतेहरुलाई श्रीनगर अस्पतालमा प्राथमिक उपचार पश्चात नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरीएको थियो ।
घाईते ३४ वर्षिय निराजन खड्काले कोहोलपुर मेडिकल कलेजमा घाईतेहरुको उपचारमा वेवास्ता गरेको आरोप लगाए ।
नेपालगन्जमा बिरामीहरुलाई ख्याल गरिएन, काठमाडौं रिफर गरिएको थियो, मौसमले साथ दिएन । उनले भने भिरको बाटो थियो, गाडी तिव्र गतीमा थियो अगाडीबाट आएको गाडीलाई साईड दिदाँ दुर्घटना भयो ।
एकै घरका तिन जना दुर्घटनामा परेका यमकुमारी ओलीले भनिन आखाँको उपचारको लागी काठमाडौंको तिलगंगा आखाँ अस्पतालमा उपचार गरेर श्रीमान र छोरी सित सँगै फर्किदै थियौ, गाडि पल्टीयो बाचिँएला भन्ने आश थिएन, ठुलो भाग्यले बाँचीयो, नयाँ जिन्दगी पाईयो उनले भनिन ।
घाईते मस्तबहादुर खड्काले भने लोकसेवा आयोगको तयारीका लागी काठमाडौं गएको थिए, फर्कदा दुर्घटना भयो, नयाँ जन्म पाएको अनुभुती भएको छ । खड्का माध्यमिक तह राहत दरबन्धी शिक्षक हुन ।