सन्धिखर्क नगरपालिकाका मेयर, उपमेयर अर्घामा, भष्टचार मुक्त नगर बनाउने उल्लेख

सुर्य भुसाल
अर्घा, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले जनतालाई सहज र सुलभ सेबा उपलब्ध गराउदै भष्टचार मुक्त नगर बनाउने बताउनु भएको छ ।
कार्यभार समालेपछि सन्धिखर्क १० अर्घामा पुगेका नगर प्रमुख भुसालले अर्घाको बिकासमा कुनै कमि नराख्ने बताउदै समुन्नत सन्धिखर्क बनाउने अाफ्नो टिमले बिजयी हासिल गरेको बताउदै अाम मतादाताहरुलाई धन्यवाद दिनु भयो । उहाले जनताको अभिभारा कहिले तल पर्न नदिने बताउदै जनताको सुखदुःखमा मिलेर बिकास गर्ने बताउनु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले अाफुहरुले एतिहासिक जिम्मेवारी पाएको बताउदै नगरपालिकाको बिकासका निम्ति अाफुहरुले जनता सामु राखेको प्रतिबद्धता पूरा गरेर देखाउने बताउनु भयो । उहाले अाफुहरुलाई मतदान गर्ने मतदाताहरुलाई धन्यवाद दिदै जनताको मालिक नभई सेबक बनेर नगरको बिकासमा अामुल परिवर्तन गर्ने बताउनु भयो । उहाले अाफ्नो जन्मथलो अर्घा भएका कारण यस क्षेत्रको बिकासमा कुनै कमि नराख्ने दावी गर्नु भयो ।
प्रमुख र उपप्रमुखलाई अर्घाबासीले भब्य स्वागत गर्दै भावी दिनमा मन्त्रीको रुपमा देख्न पाउने अाशा अाफुहरुले राखेको बताएका थिए ।
कार्यक्रममा नगरपालिकाका सब-ईन्जिनियर नारायण पोख्रेल, स्टोर प्रमुख सीता बिसी, समाजसेवी बाबुराम भुसाल लगायतको उपस्थिति रहेको थियोे ।

अन्य समाचारहरु