ज्युँदो मान्छे

-प्रकाश बेल्बासे 
हेलो, 
प्रकाश दाइ हो ?
हो ।
दाइ, म दिनेश !
 दिनेश ! उमऽ को दिनेस रे..? 
तपाइले एयर्पोट भेटेको शाही, दांङ`को ।
सोरि भाइ, म अल्मलिए ।
दुई बर्ष अंघि हजुरले नेपाल फर्काएको ….
ए , तिमि ! ओ माइ गड …
 कहाँ छौ यार, अनि सन्चो भयो, किन ब्लक गर्यौ मलाइ ?
 
दिनेशको अनेपेक्षित फोनले म झस्किए । उ मलाइ कुनै दिन सम्झने छ , मलाइ अपेक्षा थिएन ।
 मेरा प्रश्नहरुको  झरी सुनेर उ अक्मकायो । 
 मैले थपे, तिमी सन्चो त भयौ नि ? 
   उ हाँस्यो । 
दाइ, म नेपाल उत्रिएपछि आधा सन्चो भए । तपाइले भेट्नु भनेका डाक्टर भेटे । ती दिलबन्धु गजबका रहेछन ।  तपाइका धेरै कुरा गरे । 
जे होस ठिक छौ नि अहिले ?
म आराम छु दाजु । सुन्नुस न , मेरि बुडि तपाइलाइ सम्झी रहन्छिन ।
है ,  उर्मिलालाइ नमस्ते भन्देउ  ।
अरु , आजकल  के गर्दै छौ ?
म सिभिल शर्बिस छिरे दाजु , बाँके जिल्ला प्रशासनमा अधिकृत छु ।
हं ..? के भन्छ हौ !
हो दाइ, तपाइले जे भन्नू भाथ्यो मैले त्यही गरे ।
 त्यसपछि उ के बोल्यो, के भन्यो मैले बुजिन । मेरो घाँटिमा केही अड्किए जस्तो भयो । उसका खुशिहरु मेरा आँखा भएर बगे । 
केहिबेरको कुराकानी पछि हामिले फोन राख्यौ । 
  
यो बितेको दुइबर्षमा मैले उल्लाइ धेरै पटक सम्झिए । मलाइ उल्ले किन ब्लक गर्यो भन्ने कुराले सधै पोलि राख्यो , म जलिराखे ।
तर आज उसको फोनले त्यो घटना बल्जाइदिएको छ । म एउटा हत्या नभएको आत्माको सत्य कथा लेख्दै छु ।
 
कुरा परारै असारको थियो । 
नेपालमा बन्द भएको जहाजको ढोका यँहि आएपछि खुल्यो, इन्छन ।
सायद यो माटोमा तेस्रो पटक भएकोले होला मलाइ कतै अल्मलिनु परेन,मेरा पाइलाहरु गन्तव्य प्रती प्रस्ट थिए । इमिग्रेसन पार गर्नै लाग्दा, घोप्टी परेको मानिस आकृतिले मेरो दृस्टि खिच्यो । देखें –  एउटा युबा शरीर  नर्थफेसको ज्याकेटमा भुइँमा थ्यांचिएको रहेछ ।  घाँटिको रुद्राक्ष , नजिकै रहेको झोला र बर्णले उ नेपाली हो भन्ने संकेत गर्यो ।
ब्यागलाइ थोरै साइड च्यापेर नज्दिक गए, सोधे – नेपाली हो ?
हो ।
अनि के भयो र ? लाइनमा नबसेर !
ज्वरो आयो सर, खुट्टा गले त्यसैले एक्कैछिन आराम गरेको । 
उजाड उदास अनुहार, मुखमन्डलको आवा पुरै उडेको ।
 ज्वरो रहेछ ।
हिँड्नुस निस्कौ , बाहिर गएपछी सिटामोल खानुपर्छ ।
 मैले ब्याग उठाइदिंए, उनि मलाइ पिछ्याए । 
कार्ड झिक्नुस र उ : त्यो लाइनमा बस्नुस । टाउको हल्लाएर हुन्छको जबाफ दिएका उनलाइ  अघि राखेर म पछाडी उभिए । एक्कैछिनमा हामी बाहिर निस्कियौ । केहि मिनेटको पैदलमा उसको नाम र कोरियामा उसको बसाइको बिसयमा मैले सोधखोज गरिसकेको थिए ।
 
दिनेश साही,  घर दांग । 
कोरिया आएको ७ महिना । 
३ महिना  हस्पिटल बसेर नेपाली ८ लाख सक्किएको ।
  घर गएर उपचार गरि फर्किएको आसाबादी युबा । 
झोला भरी औषधि छन, उसका । कपाडाहरुबाट पनि औसधिको गन्ध आउँछ । 
 यार , कस्तो बिडम्बना । यस्तो अबस्थामा पनि बिदेश आउनुपर्छ । 
साला पैसा रोएपछी दुख बिर्सिएर फक्क्किनुको बिकल्प छैन नेपालिसंग !
  हरे , हाम्रो जिन्दगी !!
सिटामोल खुवाएपछी भने,  हिड्नुस मै सङ ।  म पनि काम छोडेर घर पुगेर फर्कदै छु । सेल्टर बसौला अनि काम खोज्नु पर्छ । म बोल्दै गए, उनि हुन्छको संकेत गर्दै गए । 
ट्याक्सी लिएर हामी आनसान हिड्यौ, मैले बुजेको शहर ।  
ट्याक्सिमा धेरै कुराहरु भए । 
उनका कुराहरु सत्य थिए,आज यो लेख्दै गर्दा बिस्वास गर्ने प्रसस्त आधारहरु छन तर त्यो अबस्थामा मैले सुन्न र उल्ले सुनाउनका लागि मात्रै गरिएका कुराहरु हुन जस्तो लाग्थ्यो ।
कोहोलपुर पढ्ने, आइए र बिए मा क्यामपस टपेको ।  दलित युवती सङ्ग प्रेम मा परेपछी बिहे गरेको । घरबाट निकालिदिएपछी जिबिकाको लागि ट्युसन पढाउने काम र पत्रिका बेच्ने काम गरेको ।  र साथिको सल्लाहमा कोरियन भासा पढी यता आएको उसको कथा र त्यो भित्रका उपकथाहरु बास्तवमै कुनै चलेको फ्लिम भन्दा कम थिएनन । 
आनसानमा हामिले सेल्टर भेट्यौ । जेम्स राई द्वारा संचालित सेल्टरमा १० जना साथिहरु बस्दै आउनुभएको रहेछ ।
गोबिन्द पान्डे , मगज परियार, पर्बत लामिछाने, यादब दाजु, बिस्ट लगायत साथिहरु साह्रै सहयोगी हुनुहुँदो रहेछ  ।
सबैसाथिहरु माझ चिनापरिचा भयो । आफ्नो अबस्थाको जानकारी दिनेश उसै गरि सुनाउथे जसरी दुखको पोको मेरा अगाडि फस्टाएका थिए ।
एकबिहान गोबिन्द ले भने , मितज्यु – यी ब्यालेन्समा छैनन । कोरिया यी बस्लान जस्तो लाग्दैन ।
के गरौ त ? 
मैले उपाए खोजे ।
बेल्का जेम्स दाजु संग सल्लाहा गरौ । गोबिन्दले भने जस्तै हामी साँझ कुरेर बस्यौ ।
त्यो बिचमा दिनेश र म एउटा काम हेर्न ओइदो गयौ । फलाम कम्पनी रहेछ, ग्रेन्डिङ्को काम – करिब २३ लाख तलब ।
उनी कम्पनि देखेरै तर्सिए , मलाइ पैसो धेरै भो । खासमा फलामले हामिलाइ थिच्यो । देखेरै दिनेशको ज्वरो फर्कियो ।
 
हामी नजिकैको पार्कमा गयौ । मैल मेरो बिगत र उनी आफ्नो ,  सुनाउन थाल्यौ । 
भन्दै गए ,उर्मिला नर्श रहिछन । 
परियार जातिकी छोरी बिहे गरेकोले नै उनिहरुलाइ समाजबाट निकालिएको रहेछ । लोकसेबामा लिखित पास गरेर अन्तर्बार्तामा फ्यालिएको कुरा गर्दै गर्दा उनी पग्लिरहेका थिए । लोकसेबा प्रती उनको लगाब अनौठो रहेछ । बाचियो भने नाम निकाल्ने ज्युँदो आशा बोकेका उनी कुराको बिच-बिचमा मर्न पाए हुन्थ्यो`को आसय ब्यक्त गर्थे ।
उनले सुनाउदै गए , 
कोरिया आएपछि काम गाह्रो परेछ । साउको रुखो ब्यबहारले उनी बिस्तारै निरास हुन थालेछन । काममा नजाने , गए पनि बिचैमा छोडेर हिड्ने जस्ता कृयाकलाप ले साथिहरु पनि उनका रहेनन । होमसिक र डिप्रेसनले गलेका उनी कमजोर भएछन । 
हातखुट्टा झमझमाउने , ज्वरो आउने ,बान्ता हुने भएपछी साथिले हस्पिटल पुर्याएछन । 
भाषाको समस्या, पैसाको अभाब र रोगी शरीर !  प्रकाश शर , भो म फर्कन्छु । उन्लाइ बिगतले च्याँप्यो । दुखहरु भयन्कर रहेछन, जसलाइ बाड्दा पनि दुख्दो रहेछ  ।
त्यतिबेला लगातार ३  महिना हस्पिटल बस्दा ९० लाख वन , (८ लाख नेपाली) सक्किएको रहेछ । गाउँले साथिहरु र उनका आफनै भाइले अब हस्पिटल राखेर उपचार संभब नभएपछी नेपाल फर्काइएका रहेछन । बिदा दिन आनकानी गरेको कम्पनिले लेटर दिएर अरु कम्पनिमा काम गर्न सक्ने गरि बाटो खुलाएको रहेछ ।
र नेपाल फर्किएछन । उपचारमा उनी रोगी देखिएनन ।
सबै जड मनस्थिती रहेछ हेर्नुस ! उनी आफु डिप्रेसनमा रहेको स्विकार गरे ।
४१ दिन नेपाल बसेर फर्किएका उनलाइ नेपाल एयर्पोर्ट देखि अप्ठ्यारो महसुस भएछ । उनी फेरि पुरानै अबस्थामा फर्किएछन, डिप्रेसन फर्किएछ ।
 रिन, कोरियाको अप्ठेरो, एक्लि श्रीमति र बहिस्कार गरेको समाजले उनको मनस्थितिमा पारेको गहिरो असरको परिणती थियो उनको आजको समय ।
 हामी पार्क बाट फर्कियौ । बेलुका जेम्स दाजुको आगमन पछि उनको अबस्थाको मुल्यान्कन गरि घर पठाउने निधो गरियो ।
उनि खुशि देखिए ।
तीन दिनको बसाइमा उनी प्यारा भएका थिए मेरा । राती बाहिर निस्कियौ सबै जना । साथिहरुले उनलाइ केही उपहार किन्दिए । मैले उनको भबिस्य लोकसेबामा रहेको र यसरी पढ्नुस भन्ने सल्लाह दिए । उनले श्रीमति संग कुरा गराए । मैले सान्त्वना दिए ।  उ धेरै गर्न सक्ने र जिन्दगी लामो रहेको कुरा  स्विकारिन । करिब आधा घन्टाको कुराकानिमा, रिन र अगाडि आउने जटिलताको बिसयमा चर्चा गरियो । सोमबार बिहान उनि नेपाल उडे ।
नेपालको लागि  जहाज उड्नु भन्दा पहिला उनले आफ्नो फेसबुकबाट मलाइ उडाएछन । ब्लक गरेछन । 
त्यो ब्लक किन थियो ? ब्लक आफ्नै भाइलाइ पनि रहेछ ! 
उनी नेपाल गएपछी के गरे ?
उनि सरकारि सेबामा कसरी प्रबेश गरे ?
क्रमश….