सन्धिखर्क नगरपालिकाका मेयर भुसालद्वारा सहज र सुलभ सेबा उपलब्ध गराउदै भष्टचार मुक्त नगर बनाउने प्रतिबद्धता

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले जनतालाई सहज र सुलभ सेबा उपलब्ध गराउदै भष्टचार मुक्त नगर बनाउने बताउनु भएको छ ।
कार्यभार समालेपछि सन्धिखर्कमा रिपोर्टस क्लबले अायोजना गरेको सम्मान कार्यक्रममा  बोल्दै नगरप्रमुख भुसालले  सन्धिखर्कको बिकासमा कुनै कमि नराख्ने बताउदै समुन्नत सन्धिखर्क बनाउने अाफ्नो टिमले बिजयी हासिल गरेको बताउदै अाम मतादाताहरुलाई धन्यवाद दिनु भयो । उहाले जनताको अभिभारा कहिले तल पर्न नदिने बताउदै जनताको सुखदुःखमा मिलेर बिकास गर्ने बताउनु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले अाफुहरुले एतिहासिक जिम्मेवारी पाएको बताउदै नगरपालिकाको बिकासका निम्ति अाफुहरुले जनता सामु राखेको प्रतिबद्धता पूरा गरेर देखाउने बताउनु भयो । उहाले अाफुहरु लाई मतदान गर्ने मतदाताहरु लाई धन्यवाद दिदै जनताको मालिक नभई सेबक बनेर नगरको बिकासमा अामुल परिवर्तन गर्ने बताउनु भयो । उहाले अाफुहरुलाई सम्मान गरेकोमा धन्यवाद दिनु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका निमित्त कार्यकारी अधिकृत भोजराज ताम्राकार सब-ईन्जिनियर नारायण पोख्रेल वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे, २ का अध्यक्ष मोतिजग रायमाझी, ३ का अध्यक्ष लिलाराम गौतम, ४ का अध्यक्ष कृष्ण श्रेष्ठ, ५ का अध्यक्ष राजेन्द्र भुसाल, ६ का अध्यक्ष कृष्ण आचार्य, ७ का अध्यक्ष पृतम थापा, ८ का अध्यक्ष ईश्वरीप्रसाद भुसाल, ९ का लक्ष्मिनारायण चुदाली, १० का देब बहादुर रायमाझी र ११ का धुर्ब अाचर्य १२ का नारायण खड्का लगायतका वार्ड अध्यक्षहरुलाई क्लबले सम्मान गरेको थियोे ।
कार्यक्रम क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।