वर्षाले अर्घाखाँचीका अधिकांश सडकहरु अस्तव्यस्त, यात्रुहरुलाई सास्ती

सदरमुकाम सन्धिखर्कको पाणिनी चाेकमा । तस्बिर: घनश्याम पाैडेलबाट 

विक्रम पाण्डे समानता
सन्धिखर्क, अर्घाखाँची । केही दिन देखि परेको पानीले अर्घाखाँचीका अधिकांश सडकहरु विगारी दिएको छ । जिल्लाका सबै वडा वडामा सडक पुगेको अर्घाखाँची जिल्लामा केही दिन देखि आएको पानीले सडकलाई विगारेको हो ।
लगातारको पानीलै गर्दा सडकहरु हिलाम्मै छन् त कतै सडकको संरचना नै विग्रेएकोछ । लाग्छ अर्घाखाँचीका सडकहरु यतिबेला रोपाईमा गरीने हिलो जस्तै भएका छन् । असारमा रोपिने रापाईको तिर्सना मेटिन्छ । बाटो हिलाम्मै छ त सडक माथिबाट कतिबेला पहिरे खस्छ भन्ने पिरलोले अर्घाखाँचीका वासिन्दाहरुलाई सताइ रहेकोछ ।
बाटो विग्रे पछि पैदल यात्रु गर्नेहरुलाई पनि उत्तिकै सास्ती रहेको छ । बर्खाको पानी त्यसैमाथी जिल्लामा जिल्लामा संचालीत सवारी चालकहरुले तिब्र गतिमा गाडी चलाउँदा दुर्घटना हुने देखिन्छ । त्यस्तै जिल्लाका सबै क्षेत्रमा पुगेका ग्रामिण सडक खण्डहरु यति बेला सडक माथीबाट खस्नेहरु पोहिराले स्थानीय बासिन्दाहरुलाई सास्ती दिएको छ ।
विशेष गरी अभिभावकले वालवालीकालाई स्कूल पठाउन र लैजाउन लागी निकै अप्ठारो परेको छ । जिल्लामा अहिले प्याब्सलद्धारा संचालित बोर्डिङहरुमा प्रथम त्रैमासिक परीक्षा सञ्चालन भैरहेको छ । असार ९ गते देखि सञ्चालन हुने भनिएको प्याब्सनको परीक्षा दोस्रो चरणको स्थानीय तहको निर्वाचनले गर्दा परीक्षा गत असार २५ गते देखि सञ्चालन भैरहेको छ । अहिले सम्म अप्रिय घटना भने आएको छैन ।
सदरमुकाम सन्धिखर्कको पाणिनी चाेकमा । तस्बिर: घनश्याम पाैडेलबाट 

सन्धिखर्क नगरपालिका वाङ्गलामा बाटो जिप्लो भएर फसेको गाडी तस्विर : घनश्याम पौडेल