सुपादेउराली मन्दिरमा केबलकार संचालन गर्ने योजना बनाउदै सन्धिखर्क नगरपालिकाका मेयर भुसाल


सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसालले सुपादेउराली मन्दिरमा केबलकार संचालन गर्ने बताएका छन् ।
सुपादेउरालीमा आएका दर्शालु भक्तजनहरुलाई घुमाउनका लागि केबलकार अनिवार्य रहेको उनले बताए ।
सुपादेउराली नजिकै नरपानीदेखि खाँचीकोट भगवती मन्दिर, झिल्केडाडाँ, अर्घा भगवती मन्दिर हुदै मसुरपाटासम्म केबुलकार जोड्ने उनले बताए ।
घोषणापत्रमा भएजस्तै मथुराधाममा गाई फार्म बनाउने त्यहाँबाट उत्पादन घिउँ, पनिर, दही, छुर्पी जिल्ला तथा बाहिर जिल्लामा पठाउने गरी कार्य गर्ने बताए ।
बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै भुसालले नरपानीमा रहेको चुनढुंगा खानीलाई कुनै पनि हालतमा सञ्चालन गर्न नदिने बताए ।
अर्को विवादको विषय सालझण्डी, सन्धिखर्क, धोरपाटन सडकखण्डको विवाद जनतालाई असर नपर्ने गरी देउराली यातायातको जिप काउन्टर पछाडिबाट खोलेर बाटोको निकास निकाल्ने बताए ।
सन्धिखर्क नगरपालिकाका सबै वडाहरुमा कृषि कार्यालय, स्वास्थ्य कार्यालयको स्थापना गरी जनतालाई सहज रुपमा सेवा दिने बताए ।