सितगंगा सिद्दाराकी भगवताले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै


घनश्याम पौडेल हिन्दु 
सिद्दारा, अर्घाखाँची, २७असार । दुई भाई छोरा श्रीमान र श्रीमती गरी चार जना भएको सानो परिवार छ, विहान उठेदेखी बेलुका सम्म श्रीमान श्रीमती सधै घरकै काममा व्यस्त रहन्छन् भने छोराहरु विद्यालय पढ्न जान्छन् । घरको छेउमा रहेको बाख्रा खेल्ने ठाउ वरीपरीबाट काठले बारीएको छ,जहा पाठापाठी खेलीरहेका हुन्छन् ।
कुरा हो, अर्घाखाँचीको सितगंगा नगरपालीका वार्ड नं. ९ मा बस्ने भगवता बेल्वासेको । उनी र उनका श्रीमानको मुख्य आम्दानीको स्रोत भनेकै बाख्रापालन व्यवसाय हो । बाख्रापालन बाट प्राप्त रकमले उनको घर खर्च राम्रो सँगनै चलिरहेको छ । परम्परागत तरीका बाट बाख्रा पाल्दै आएकी भगवताले अहिले भने व्यवसायिक रुपमै बाख्रापालन पेशा अंगालेकी छिन् । पाँच वटा माउ बाट बढाएर हाल बाहृवटा माउ सम्म पुर्याएकी बेल्वासेले आगामी दिनमा थप गर्दै जाने लक्ष्य लीएकी छिन् ।
हेफर इन्टरनेश्नल नेपाल र नेपाल चेतना केन्द्र द्घारा त्यस क्षेत्रमा सञ्चालन गरेको बाख्रा विकास परियोजना बाट प्राप्त ज्ञान सिपलाई व्यवहारमा परीणत गर्दैै आफ्नो व्यबसायलाई बढाउदै जाने बेल्वासेको योजना रहेको छ ।
व्यबस्थित सुधारीएको खोर,नियमित औषधि उपचार र सन्तुलित दाना पानीको प्रबन्ध मिलाउन सकेमा यो व्यबसाय बाट मनग्य आम्दानीलिन सकिने उनको अनुभव रहेको छ ।
घरमै परीवार सँग बसेर सजिलै सँग आम्दानी गर्न सकिन्छ भने देशै छाडेर बिदेशीने रहर आफुमा नभएकै कारण यो पेशामा लागेको भगबताका श्रीमान्को भनाई रहेको छ । खसि,पाठा बेचेर बार्षिक सरदर डेढ देखी दुई लाख सम्म आम्दानी गर्न सफल बेल्वासे परीवार आफ्नो पेशाप्रती निकै खुसि र सुखी देखीन्छ ।
व्यबसाय प्रति जती लगनशिल छिन् भगवता त्यति नै समुह र समुदाय प्रती पनी ।
गाँउमा रहेको मुलखोला स्वाबलम्बी समुहकी अध्यक्ष समेत रहेकी उनले समुहको क्षमता अभिबृद्घि तथा विकासका निम्ति त्यती नै खट्ने गर्दछिन् ।